मधेसी मोर्चाको बैठक सकियो, संविधान संशोधन प्रस्ताव अस्वीकार

morcha-sakiyo

काठमाडौं, १५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यथास्थितीमा संविधान संशोधन प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ ।

बुधबार अपराह्न राजधानीको विजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले सरकारले ल्याएको संशोधन प्रस्तावले आन्दोलनरत पक्षको माग सम्बोधन नगर्ने निष्कर्ष निकाल्दै प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको सदभावना पार्टीका महासचिव मनिष सूमनले बताए ।

 

यसमा तपाईको प्रतिक्रिया