के संबिधान संशोधन पारित होला संसद बाट? यस्तो छ संसदीय हिसाब, कति चाहिन्छ संशोधन पारित गर्न?

sansad-ganitकाठमाडौं : सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक पारित हुन्छ या हुदैन अहिले सर्वत्र चासोको बिषय बनेको छ । संसदमा कायम ५९४ मतमा प्रचण्ड सरकारले संशोधन पारित गराउन दुइ तिहाइ अर्थात् ३९६ मत ल्याउनु पर्ने हुन्छ । तर सत्तारुढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तसँग ३२९ मत मात्र रहेको छ।

संविधान संशोधन हुन वर्तमान सत्ता गठबन्धनलाई ६७ मत अपुग छ। माओवादी केन्द्रबाट सांसद भएकी सभामुख ओनसरी घर्तीले मत बराबर भएमात्र निर्णयक मत दिनेछिन्। त्यसैले संसदीय अंक गणितमा उनको गणना हुँदैन।

उता आन्दोलनरत मदेशी मोर्चा, फोरम लोकतान्त्रिक र अन्य साना दल समेत गरि ७० मत रहेको छ जसमा पक्ष विपक्ष कता जाने अहिले सम्म प्रष्ट आधिकारिक धारणा बाहिर आइसकेको छैन ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाः राष्ट्रिय पार्टी संविधान संशोधन दर्ता गर्नु अघिदेखि नै स्पष्ट विपक्षमा उभिएका छन्। यी सबैको मत जोड्दा १९५ हुन्छ। 

यसरि हिसाब गर्दा अब संशोधन प्रस्ताब पारित गराउन प्रचन्डलाई सोचे जस्तो सजिलो भने पक्कै छैन । अझै सत्ता गठबन्धनले ६७ मत जोड्नका लागि मधेसी मोर्चा, फोरम लोकतान्त्रिक लगायत अन्य साना ९ दलको मत चाहिने हुन्छ । के जुटाउलान प्रचन्डले ति सम्पूर्ण मत? त्यसको लागि भने अझै केहिदिन कुर्नुपर्नेछ ।

यसमा तपाईको प्रतिक्रिया