संविधान संसोधनको प्रस्ताव दर्ता गरेको भन्दै युवा संघ अनेरास्ववियुको काभ्रेमा मसाल जुलुस

rako-julus

काभ्रे, १६ मंसिर । सरकारले मुलक विखण्डन गर्नेगरी सदनमा संविधान संसोधनको प्रस्ताव दर्ता गरेको भन्दै युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेले मसाल जुलुस सहित विरोध गरेका छन् ।

बुधबार बेलुका बेलुका पाँच बजे मसाल सहित निस्केका सयौँ युवा तथा विद्यार्थीहरूले एमाले पार्टी कार्यालयबाट बनेपाको चार दोबाटो चोक सम्म मसाल जुलुस निकालेका थिए । प्रहरीले हस्तक्षेपको प्रयास गरेको भएपनि प्रदर्शनकारीले कोणसभा सम्म गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै युवा संघ नेपाल काभ्रेका अध्यक्ष होमप्रसाद चौलागाईंले सरकारले मुलुक विखण्डन गराउने गरी संविधान संसोधन गर्न खोजेकाले संसोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताए । उनले स्वतन्त्र विरोधमा प्रशासनले बल प्रयोग गरे हजारौं युवाहरू सडकमा उतार्ने चेतावनी दिए ।

यसैगरी कोणसभामा बोल्दै अनेरास्ववियु काभ्रेका अध्यक्ष हरिश्चन्द्र घिमिरेले प्रहरी हस्तक्षेपको विरोध गरेका थिए । उनले सरकारले यो संसोधन गरेर देश र जनताको नभई भारतको माग सम्बोधन गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा नेकपा एमाले काभ्रेका उपाध्यक्ष अशोक व्याञ्जु, युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य देवसागर लामा, जिल्ला कमिटि सदस्य एवं युवा इन्चार्ज राकेश लामा, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य जेनिश लामा, केन्द्रीय सदस्य निरोज पाण्डे लगायतले नेतृत्वदायी भूमिका खेलेका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया