संविधान संशोधनको प्रस्तावले पश्चिम नेपाल अशान्त, जनता सडकमा-नेता अलमलमा

janta-sadak-ma

काठमाडौं १६मंसिर । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेपछि पश्चिम नेपाल शआन्त् बनेको छ ।  टुक्राउने निर्णय भएका जिल्लासँगै अरु जिल्लामा पनि प्रदर्शन सुरु भएका छन् ।

सरकारले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा बिहानैदेखि नागरिकहरु सडकमा उत्रिएका छन् । युवाहरुले नेतृत्व गरिरहेका आन्दोलनमा प्रमुख दलका नेताहरुपनि सहभागि भएका छन् । राजमार्ग बन्द हुँदा देशभरी नै असर गरेको छ । संविधान संशोधनको प्रस्तावको विरोध गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बिहा रुपन्देही बन्दको आह्वान गरेको छ ।

बन्दका कारण रुपन्देहीका प्रमुख शहरहरु बुटवल र भैरहवाको साथै ग्रामीण भेगकोसमेत जनजीवन ठप्प बनेको छ । राजमार्गमा गाडी नलेपछि पूर्व र पश्चिम जाने यात्रुहरु अलपत्र परेका छन् ।  मधेसी मोर्चाको चित्त बुझाउने नाममा लुम्बिनी अञ्चलका पहाडी तीन वटा जिल्लालगायतलाई पाँच नम्बर प्रदेशबाट टुक्र्याउने प्रस्ताव गरेपछि आक्रोश बढेको हो । पहाडि जिल्ला पाल्पा अर्घाखाँची गुल्मी रोल्पा प्युठान छुट्याउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने प्रद्धर्शनकारीहरुले चेतावनी दिएका छन् ।

५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा पाल्पाका युवा, विद्यार्थी, तरुणले आयोजना गरेको पाल्पा बन्दले जनजीवन प्रभावित बनाएको छ । रोल्पा, प्युठान, अर्घाखाँचीमा पनि विरोध प्रदर्शन भइरहेको छ । नागरिकहरु सडकमा उत्रिएपछि नेताहरु अलमलमा परेका छन् । केही नेताहरु आन्दोलनमा सहभागि भएपनि सबै सडकमा आइसकेका छैनन । केन्द्रमा पार्टीको निर्णय र क्षेत्रमा जनताको विरोधका कारण सत्तासिन माओवादी केन्द्र र कांग्रेसका केही नेताहरु अलमलमा परेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया