नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, प्रचण्डलाई संसदमै भनिदिए- तपाईंको अनुहार पनि हेर्न मन छैन्

samsad-oli
काठमाडौं, १६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहार पनि हेर्न नचाँहेको बताएका छन् ।

विहीबार संसद भवनबाट बाहिरिने क्रममा प्रचण्डसँग भएको जम्काभेटमा ओलीले ‘तपाईको अनुहार पनि हेर्न मन छैन’ भनेका हुन् ।

पहाड-तराई टुक्राउनेगरी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले संसद बैठक अवरुद्ध गरेपछि सांसदहरु उठेर बाहिर निस्कने क्रममा अघिल्तिर कुर्सीमा आमने सामने बसेका प्रचण्ड र ओलीको जम्काभेट भएको थियो ।

हात मिलाएर सुरु भएको भेटमा प्रचण्डले भने- ‘एकछिन बसौं, कुराकानी गर्नुपर्यो’ । जवाफमा ओलीले ‘कुरा त परको कुरा, तपाईंको अनुहार पनि हेर्न मन छैन’ भने ।

त्यसपछि रातोपिरो भएका प्रचण्डले ‘कहाँ त्यसो भनेर हुन्छ, कुरा गरौं’ भनेर जोड गरेपछि दुई शीर्ष नेताबीच बाहिर निस्कने क्रममा केहीबेर अनौपचारिक कुरा भएको सँगै रहेका प्रत्यक्षदर्शी एमाले सांसद रविन्द्र अधिकारीले जानकारी दिए ।

दुई नेताबीच के कुरा भयो ?

भेटमा प्रचण्डले सहमतिमा आउन ओलीलाई आग्रह गरे । जवाफमा ओलीले संशोधन प्रस्ताव देशको हितविपरीत भएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि दुबै नेता आ आफ्नो बाटो लागे ।

दुई शीर्ष नेताबीच कुरा हुँदा बाहिर निस्कँदै गरेका सांसदहरु हेरेका हेर्यै भएका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया