सबैको ध्यान संबिधान संशोधन तिर मोडिएको बेला राज्यकोष सक्दै प्रधानमन्त्री: फेरी बाडियो आसेपासेलाई यसरि पैसा (नामावली सहित)

काठमाडौं, १६ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना आसेपासे, नातागोता र कार्यकर्तालाई राज्यको ढुकुटीबाट जथाभावी पैसा बाँढ्ने क्रमलाई थप निरन्तरता दिएका छन् । प्रधानमन्त्रीले आफ्ना निकटस्थहरुलाई मात्रै पैसा बाँडेको भन्दै सत्तारुढ पार्टी नेपाली कांग्रेसका मन्त्रीहरुले असन्तुष्टि जनाएपछि भागबण्डाका आधारमा पैसा बाँड्ने क्रम फेरि सुरु भएको हो । 

पछिल्लो समय कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिएका प्रधानमन्त्रीले असोज २० गते यता नेपाल कानुन आयोगका पूर्व अध्यक्ष उमेशचन्द्र झालाई दुई लाख, कञ्चनपुर जिल्ला कृष्णपुर गाविस वाडं नं १ की विष्णुकुमारी पोखरेलको उपचारमा लागेको खर्च रकम दश लाख रुपैयाँ, बारा जिल्लाको कचोर्वा–६ का मोसाफिर दास तत्मालाई तीन लाख रुपैयाँ, बारा जिल्ला कचोर्वा–६ कै सन्जु देवी कचोर्वालाइ दुई लाख रुपैयाँ र मुगु जिल्ला धनकोट–५ का वीरजंग शाहीलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् ।  

यस्तै कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयः बाग्लुङ जिल्ला सरकुवा गाविस वडा नं २ मादीका अमिट केसीलाई दृष्टिविहीनका रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि पाँच लाख रुपैयाँ नेपाल सरकारका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । 

यसअघि असोज २ गते दाहालले आफ्ना ४४ जना आसेपासेलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदबाट पारित गराएका थिए । त्यतिबेला आर्थिक सहयोग पाउनेहरुको सूची यसप्रकार छ । 

गृह मन्त्रालय–  देहायका व्यक्तिहरुलाई आर्थिक सहायता उपलब्ध गराउने ।

चक्रपथ अनलाइन बाट

यसमा तपाईको प्रतिक्रिया