मोर्चाको जवाफले प्रधानमन्त्रीलाइ कडा झट्का: “संशोधन प्रस्तावले आफ्नो माग रौ जति पनि पुरा नहुने भन्दै साथ पाउने भ्रममा नपर्न” मोर्चाको चेतावनी

१६ मंसिर, काठमाडौं । सरकारले संविधान संशोधन विधेयकलाई समर्थन गर्दै चुनावमा जान संयूक्त लोकतान्त्रिक मोर्चा समक्ष राखेको प्रस्ताव मोर्चाले अस्विकार गरेको छ ।  मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले सीमांकन हेरफेरसहित संशोधन विधेयक संसदमा दर्ता गरेको छ । तर यता मधेसी मोर्चानै सो बिधयकमा असन्तुष्ट जनाएको छ ।

उनीहरुले आफ्नो मागनै सम्बोधन नगरेको सरकारलाई आरोप लगाएका छन् । आज सरकार र मोर्चाविच बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकलाई समर्थन गर्न आग्रह गरेपनि त्यसलाई मोर्चाले ठाडै अस्विकार गरेको छ ।  ‘तपाईहरुकै माग सम्बोधन गर्न प्रस्ताव ल्याएका हौं । सबै माग सम्बोधन हुँदैन भन्ने तपाईहरुलाई थाहा छ । जति सरकारले अगाडि बढेर ल्याएको छ, त्यसलाई समर्थन गर्नुस् भनेका छौं,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै माओवादी नेता वर्षमान पुन ‘अनन्त’ले भने ।

यद्यपि यसमा परिमार्जन कसरी गर्ने भन्नेबारे छलफल गर्न सकिने उनले बताए ।तर, मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले ‘संशोधन विधेयकले हाम्रो माग रौं जति पनि सम्बोधन गरेको छैन । हामी समर्थन गर्न सक्दैनौं ।’ उनले अघि भने, ‘तपाईहरु भ्रममा नपर्नुस् । हामी यो संशोधनको पक्षमा भोट हाल्न सक्दैनौं ।’ 

यसमा तपाईको प्रतिक्रिया