युवा संघ र अनेरास्ववियु सरकार बिरुद्द आगो बन्दै: प्रचन्डलाई चाडै ज्ञानेन्द्रको हालत बनाइदिने चेतावनी

१६ मंसिर । संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै त्यसको विरोधमा अनेरास्ववियु र युवा संघले संयुक्तरुपमा ‘मूर्दा जुलुस’  निकालेका छन् ।i

उनीहरुले काठमाडौँको रत्नपार्क क्षेत्र, घण्टाघरहुँदै पुतलीसडक चोकसम्म त्यस्तो जुलुस निकालेका हुन् । जुलुसपछि कोण सभामा सम्बोधन गर्दै युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले जनहित विपरीत ल्याएको प्रस्ताव संसद्बाट पारित नहुने चेतावनी दिए । उनले सरकार जनहित विपरीत चले पूर्वराजा ज्ञानेन्द्रको हालत बनाई दिने चेतावनी समेत दिए ।

उनले भारतीय सत्ताको निर्देशनमा प्रदेश नम्बर ५ विभाजन गर्ने चलखेल सरकारले गरेको आरोप समेत लगाए ।  अनेरास्ववियु महासचिव ऐन महरले पनि सरकार जनहित विपरीत चले युवा र विद्यार्थी चुप नलाग्ने चेतावनी दिए जुलुसमा सहभागीहरुले टाउकोमा सेता कफन बाँधेका थिए । सँधै रातो कफनमा देखिने अनेरास्ववियु र युवा संघका नेता–कार्यकर्ता बिहीबार भने सेतो कफनमा बिरोधमा उत्रिएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया