संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएसँगै देशभर आन्दोलन चर्किएका बेला प्रधानसेनापति राजेन्द्र क्षत्री मधेस पनि पुग्ने

rajendar-chetri
काठमाडौं, १६ मंसिर । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएसँगै देशभर आन्दोलन चर्किएका बेला प्रधानसेनापति राजेन्द्र क्षत्री देश दौडाहमा निस्किएका छन् ।

प्रधानसेनापति क्षत्री भोलि सिरहा जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पूर्वी पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुको दुई दिने निरीक्षण भ्रमणका क्रममा बिहिबार प्रधानसेनापति क्षत्रीले तेह्रथुमको म्याङलुङस्थित ईन्द्रदल गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा क्षत्रीले उक्त गुल्मको बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका छन् । सोही अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हित रक्षार्थ अनुशासित, संयम एवम् पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिएका थिए ।

निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति क्षत्री आज झापास्थित कालिबहादुर गणमा बसेका छन् । क्षत्रीले भोलि सिराहास्थित नयाँ गोरख गणको निरीक्षण गर्ने कार्यक्रम छ ।

सैनिक स्रोतका अनुसार देश दौडाहमा रहेका प्रधानसेनापति क्षत्रीले आन्दोलन चर्किएपछिको पछिल्लो अवस्थाबारे सुक्ष्म तरिकाबाट अध्ययन गरिरहेको बुझिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया