#Breaking_News: मध्यरातमा शक्तिशाली भूकम्पले हल्लायो सुदुरपश्चिम, पराकंप नभई नया भूकम्प आएको भूकम्प मापन केन्द्रको दाबि

काठमाडौं १६ मङ्सिर – दार्चुला जिल्ला सदरमुकामदेखि १५ किलोमिटर उत्तर पश्चिम भूभागलाई केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ | जुन भूकम्प पश्चिम नेपालको यो बर्षकै सबैभन्दा ठूलो भूकम्प हो |

बिहिबार राति करिव १०:४५ बजे आएको भूकम्पको सुदुरपश्चिमका अधिकांश जिल्लामा धक्का महशुस गरिएको हाम्रा संचारकर्मीहरुले बताएका छन् | त्यस्तै कर्णाली अंचलका पश्चिमी जिल्लाहरुमा पनि आजको भूकम्पको धक्का महशुस गरिएको छ |

गत बर्ष बैशाख १२ गतेपछी भूकम्पको पराकंप आउने क्रम अझै रोकिएको छैन तर आज दार्चुलालाई केन्द्रबिन्दु बनाई आएको भूकम्प भने पराकंप नभई नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ |

नेपालको पश्चिमी भूभागलाई केन्द्रबिन्दु बनाई २०७३ सालमा मात्र ४ रेक्टर माथिको ८ ओटा भूकम्प गएको छ | जसमध्ये बझांगमा ५ पटक, कालिकोटमा १, बाजुरामा १ र दार्चुलामा १ (आज) रहेका छन् | गत सोमबार पनि सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाई ५.६ रेक्टरको भूकम्पको पराकम्पन गएको थियो |

यसमा तपाईको प्रतिक्रिया