संशोधनसँगै सत्तापक्ष चारैतिरबाट अप्ठेरोमा, चिन्तामा डुबे प्रधानमन्त्री

prachanda-sad
काठमाडौं, १७ मंसिर । मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव आफूहरुको माग अनुसार परिमार्जन गर्नुपर्ने र त्यस्तो प्रस्ताव संसदबाट पारित हुने सुनिश्चिततासमेत चाहिने सर्त राखेपछि सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र माओवादी केन्द्र अप्ठेरोमा परेका छन् ।

संशोधन प्रस्तावको आलोचनात्मक समर्थन गर्दै पास वा फेल जे भएपनि चुनावसम्म जान सकिने मोर्चाको आश्वासनपछि प्रस्ताव बढाएका दुइए दलमाथि मोर्चाको पछिल्लो सर्तले समस्या पारेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

आफ्ना माग सम्बोधन हुने खालको प्रस्ताव नआएको भन्दै मोर्चाले संशोधनको समर्थन नगर्ने निर्णय बुधबार गरेको थियो ।

 

यसमा तपाईको प्रतिक्रिया