एमाले फुटाउने भारतको चाहाना अधुरै, भारतीय गुप्तचर संस्था र’अ का पूर्वप्रमुख काठमाडौंमै, नेपालमा हिँसा भड्काउने यस्तो छ भारतीय चाल

bharat-chor-5
१७,मंसिर,काठमाण्डौं । नेपालमा संविधान संशोधनको पक्ष र विपक्षमा आन्दोलन चलिरहदा भारतीय पावरफुल खुफिया एजेन्सी (गुप्तचर संस्था)  ‘रअ’का पूर्व प्रमुख आलोक जोशी १५ दिनदेखि काठमाडौंमा रहेको खुलासा भएको छ  ।

नेपालमा राजनीतिक संकट चुलिने खतरा वढेपछि भारतीय केन्द्र सरकारको गोप्य योजनाअनुसार उनी नेपाल आएका हुन् । काठमाडौंमा रहँदा उनले माओवादी केन्द्र र कांग्रेसका नेताहरुलाई संविधान संशोधनमा प्रत्यक्ष रुपमा सल्लाह सुझाव मात्रै नभई कतिपय विषयमा निर्देशन समेत दिएको उच्च स्रोतको दाबी छ । 

स्रोतका अनुसार संविधान संशोधनको प्रस्ताव संसदमा आउनुमा पनि भारतको निर्देशन र खासगरी आलोक जोशीकै हात रहेको छ ।
नेपालको राजनीतिमा भारतको हस्तक्षेपको व्यापक विरोध भएको अवस्थामा बहालबाला अधिकारी नेपाल जादा हंगामा हुनसक्ने अवस्था देखेपछि भारतले  उनलाई पूर्व प्रमुखको हैसियतमा नेपाल पठाएको बुझिएको छ ।

आलोकले काँग्रेस र माओवादी केन्द्रका नेताहरुलाई मात्र नभई भारतप्रति र मधेसप्रति लचक रहेको एमाले नेताहरुसंग समेत भेटघाट गरेका छन् । उनले एमाले नेतालाई पार्टी विभाजनका लागि उक्साएपछि मुलुक संकटमा परेको भन्दै भारतको प्रस्ताव एमाले नेताहरुले अस्वीकार गरेको स्रोतको दाबी छ । 

उनी नेपालमा रहँदाको समयमा राप्रपा र राप्रपा नेपालको एकता पनि भारतकै डिजाइनमा भएको र आलोक जोशीलगायत भारतीय नेताहरुको प्रत्यक्ष योजनामा भएको बताइएको छ ।

यसअघि समेत भारतले एमालेलाई फुटाउन निकै प्रयास गरेको थियो । तर असफल भयो । त्यसमा उनै आलोक जोशी संलग्न भएको उच्च राजनीतिक स्रोतको भनाई छ । एमाले फुटाउन असफल भएपनि राप्रपाको एकता गराउन र संविधान संशोधनमा सफल भएको भन्दै भारतले आफु आफ्नो योजनामा सफल बन्दै गएको निष्कर्ष निकालेको छ । स्मरण रहोस संविधान जारी हुदा खुसी व्यक्त नगर्ने भारतले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भोलील्ट नै खुसी व्यक्त गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया