ल हेर्नुहोस्, कांग्रेस र माओवादीका नेताहरु पनि एमालेसँगै आन्दोलनमा

kagres-mawadi-yemale-julus-ma
मंसिर १७ । पाँच नम्बर प्रदेशको सीमांकन फेरबदलविरुद्ध कांग्रेस र माओवादीका नेताहरु एमालेसँग सहकार्य गर्न तराई पुगेका छन् ।

सरकारले दर्ता गरेको संविधान संशोधनको विपक्षमा नेताहरु रुपन्देहीमा जम्मा भएर आन्दोलनमा होमिएका छन् । आन्दोलनका लागि माओवादीका टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका चन्द्र भण्डारी एमालेका विष्णु पौडेल र घनश्याम भुषालसँगै छन् ।
तस्बिरमा एमालेका गोकर्ण विष्ट पनि देखिएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सडक र संसदबाट आन्दोलन चर्काउने निर्णय नै गरिसकेको छ । यता सीमांकन फेरबदलमा नेकपा माओवादी केन्द्रका पाँच नम्बर प्रदेशका सांसद र नेपाली कांग्रेसका सांसदहरु पनि असन्तुष्ट छन् ।
नेताहरुले नै साथ नदिएपछि अहिले सत्ता पक्षलाई संशोधन प्रस्ताव निल्नु न ओकल्नु भएको छ ।

यसमा तपाईको प्रतिक्रिया