डीनबाट राजीनामा दिएपछि सिंहले भने,‘डा. केसीको ज्यानभन्दा मेरो पद प्यारो लागेन’

kc-new-gharti-jpg

काठमाडौं मंसिर १७  प्रा. डा. केशवप्रसाद सिंहले अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाका लागि आफूले आइओएमको डीन पदबाट राजीनामा दिएको बताएका छन्।

त्रिवि उपकुलपति डा. तीर्थ खनियाँसमक्ष राजीनामा पत्र बुझाएपछि अन्नपूर्ण पोष्टसँग कुराकानी गर्दै प्रा. डा. सिंहले डा. केसीको ज्यानभन्दा आफ्नो पद प्यारो नभएकाले राजीनामा दिएको बताएका हुन्। ‘केसीको ज्यानभन्दा मेरो (डीन) पद ठूलो होइन। त्यसैले उनको जीवन रक्षाका लागि राजीनामा दिएको हुँ,’सिंहले अन्नपूर्णसँग भने।

डा. सिंहले आफूलाई राजीनामा दिन चौतर्फी दबाब दिएकाले दबाबमा आएर राजीनामा दिने निर्णयमा पुगेको पनि बताए। प्रा. डा. सिंहले डीन पदबाट आफ्नो राजीनामाले मात्रै समस्याको दीर्घकालीनरुपमा समाधान नहुने पनि स्पष्ट पारे।

त्रिवि उपकुलपति कार्यालयले प्रा.डा. सिंहलाई गत कात्तिक २८ गते आइओएमको डीनमा नियुक्त गरेको थियो। तर, त्रिविका प्रा.डा. गोविन्द केसीले बरिष्ठताका आधारमा डीन नियुक्ति गर्नु पर्ने बताउँदै आमरण अनशनमा थालेका थिए। केसी २० औं दिन पनि आफ्ना माग पूरा नभएको भन्दै आमरण अनशनमै छन्।  श्रोत अन्नपूर्ण पोष्ट 

यसमा तपाईको प्रतिक्रिया