आजपनि संसद बैठक अबरुद्द, बैठक शुरु हुनासाथ ‘प्रधानमन्त्री लाइ बहुला कुकुरले टोकेको’ भनेपछि यस्तो हङ्गामा….

काठमाडौँ, १७ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायतका दलले अवरुद्ध गरेका छन् ।

संसद्को बैठक सुरु हुनेबित्तिकै नेकपा (माले)का सांसद सिपी मैनालीले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव गलत भएको धारणा राख्नुभयो ।

तराई मधेस केन्द्रित दलका नेताहरुले बहुराष्ट्रको कुरा गरिरहेको सन्दर्भमा सरकारले प्रस्तुत गरेको संशोधन प्रस्तावमा ५ नं प्रदेशबाट पहाडी जिल्ला हटाउने विषय आउनु सन्देहको विषय रहेको आरोप लगाउनुभयो ।

सांसद मैनालीले प्रधानमन्त्रीलाई ‘बहुलाहा कुकुर’ले टोकेको भन्ने धारणा राखेपछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सांसद मैनालीले धारणा संसद्को रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाउनुभयो ।

सांसद खतिवडाले सांसद मैनालीको भनाइ हटाउन लगातार आग्रह गरेपछि सभामुख ओनसरी घर्तीले संसदीय मर्यादा विपरीतको धारणा हटाउन निर्देशन दिनुभयो ।

सांसद मैनालीले संसदीय मर्यादा विपरीत धारणा राखेको भन्दै सांसद खतिवडाले नियमापत्ति जनाउनुभएपछि काँग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले समर्थन गर्नुभएको थियो ।

सदनको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल जारी रहने कार्यसूची रहेको थियो ।

संविधान संशोधनसम्बन्धी प्रस्तावको कार्यसूची नभएकाले सदनलाई निर्वाधरुपमा सञ्चालन गर्न सभामुख घर्तीले आग्रह गर्नुभयो । अख्तियारका प्रमुख आयुक्तमाथि परेको महाअभियोगको प्रस्तावमाथिको छलफल गराउने विषय नै आजको प्रमुख कार्यसूची रहेकाले आशन ग्रहण गर्न आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दलको निरन्तरको अवरोधपछि व्यवस्थापिका–संसद्को अर्को बैठक यही मङ्सिर १९ गते १ बजे बस्ने गरी स्थगित भएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया