बाबुराम भट्टराईले गरे सनसनीपूर्ण खुलासा: “गिरिजाका कारण १२ बुदे सम्झौता दिल्लीमा गरियो, त्यो नै नेपाली राजनीतिको सबैभन्दा ठुलो दुर्भाग्य”

१८ मंसिर । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले १२ बुँदे सम्झौता भारतको नयाँ दिल्लीमा हुनु नेपालको राजनीतिको सबै भन्दा ठूलो दूर्भाग्य भएको खुलासा गरेका छन् । डाक्टर विजय पौडेलले सम्पादन गरेको ‘नेपाल–भारत सम्बन्ध विगत वर्तमान र भविष्य’ नामक पुस्तकको लोकार्पण गर्दै यस्तो खुलासा गरेका हुन् ।baburam-bhattrai.jpg

‘१२ बुँदेको खाका नेपालको रोल्पामा त्यतिबेलामा एमाले नेताहरु बामदेव गौतम, युवराज ज्ञवालीलगायतसँग तयार भएको हो,’  भट्टराईले भने, ‘हामी त्यो १२ बुँदै सम्झौता नेपाली भूमिमै गर्न चाहन्थ्यौँ तर तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला रोल्पा आउन नसक्ने भएपछि दिल्लीमा सम्झौता भएको हो ।’

भट्टराईले त्यो सम्झौतामा भारतको कुनै पनि भूमिका नरहेको भन्दै भारतीय भूमिमा सम्झौता भएकाले अहिलेसम्म पनि नेपालका राजनीतिक दलहरुले आरोप खेप्नु परेको बताए । ‘त्यही सम्झौताका कारण मैले अहिलेसम्म पनि भारतपरस्तको आरोप खेप्नु परेको छ, मलाई भारतीय निकट देखाएर हिलो छ्याप्ने काम भएको छ,’ उनले भने, ‘तर १२ बुँदेमा भारतको कुनै पनि भूमिका थिएन ।’
भट्टराईले भारतलाई हेर्ने देष्टिकोणमा नेपालका राजनीतिक दलको एक मत नहुने हो भने भारतले नेपालमाथि गर्ने हस्तक्षेप अनन्तसम्म रहने चेतावनी पनि दिए ।
माइलस्टोन प्रकाशनले बजारमा ल्याएको सो पुस्तकबारे टिप्पणी गर्दै एमाले सचिव योगेश भट्टराईले भारतरित औँला सबैले उठाए पनि भारतसँग आँखा जुधाउँने नेता अहिलेसम्म नेपालको राजनीतिमा नदेखिएको हो कि भनी चिन्ता व्यक्त गरे । एमाले स्थायी कमिटि सदस्य शंकर पोख्रेलले नेपालका राजनीतिक दलहरु भारतीय दृष्टिकोणको शिकार भएको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिए । एमाले नेता लालबाबु पण्डितले पनि बोलेका थिए ।

यसमा तपाईको प्रतिक्रिया