गतबर्ष ओलीलाई उडाइयो तर ओली कै योजना अनुसार नेपालमा ग्यास निकाल्न सकिने प्रतिबेदन दिदै चीन, के प्रचण्ड सरकारले बढाउला त काम अगाडी?

उच्चस्तरीय ल्याब परीक्षण पछि दैलेख जिल्लामा प्राकृतिक ग्यासको खानी रहेको पुष्टि भएको छ । चिनियाँ प्राविधिकले गत चैत बैशाख महिनामा नमुना संकलन गरी चीनमा नै प्राविधिक जाँच गरेको थियो । तीन महिना लामो जाँचपछि तयार गरिएको प्रारम्भिक प्रतिवेदन अनुसार दैलेखको श्रीस्थान लगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना रहेको उल्लेख गरिएको छ । dailekh-gas

दैलेख क्षेत्रमा निरन्तर प्रज्ज्वलित भइरहने ज्वाला भएका कारण उक्त क्षेत्रलाई प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गर्दै गत चैत महिनामा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणताका भएको प्राविधिक सम्झौता अनुसार उत्खनन् गर्ने सूचीमा राखिएको थियो । सम्झौता लगत्तै चीनले प्राविधिक टोली पठायो जसले दैलेख, मोरङको राधानगर, नुवाकोटको त्रिशुली क्षेत्र लगायतबाट नमुना संकलन गरी चीनमा नै परीक्षण गरेको थियो । चिनियाँ टोलीले नमुना संकलन गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीसँग सिंहदरवारमा नै भेट गरी दैलेखको श्रीस्थान, धुलेश्वर र पादुका क्षेत्रमा सतह बाहिर नै प्राकृतिक ग्यासको अस्तित्व भेटिएकाले भण्डार हुन सक्ने उच्च सम्भावना रहेको वताएको थियो ।  

श्रीस्थान क्षेत्रमा हाल देख्न सकिने अखण्डज्वाला करिव ३ सय वर्षदेखि अविच्छिन्न रहेको वताइन्छ । ओली नेतृत्वको सरकार हटेपछि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँग सम्बन्ध बढाउने कुरालाई प्राथमिकतामा राखेका छ्रैनन् । चिनियाँ टोलीले केही साता भित्रै विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने वताएको छ । ओलीले चीनसँग गरेका सम्झौता सम्पूर्ण रुपमा कार्यान्वयन गर्नुमा नेपालको राष्ट्रिय हित छ । 

गत साल ओलीले ०७३ तिहारपछि आधारभूत रुपमा लोडसेडिङ अन्त्य हुने पनि घोषणा गरेका थिए । लोडसेडिङ अन्त्य हुने घोषणा गरेवापत पनि उनलाई उडाइएको थियो । गत फागुनमा भारत भ्रमणताका ६०० मेगावाट विद्युत आयात गर्ने सम्झौतामा ओलीले हस्ताक्षर गरेका थिए । फागुनदेखि असोज महिनासम्म ८० मेगावाट र असोजयता २०० मेगावाट विद्युत आयात भएकाले आपूर्ति बढेपछि लोडसेडिङ हटाउन सहयोग पुगेको हो । सम्झौता अनुसार नै ढल्केवर–मुजफ्फरपुर ४३२ केभीए प्रशारण लाइन निर्माण भएपछि नेपाललाई आवश्यकता परे भारतबाट ६०० मेगावाट सम्म विद्युत आयात गर्न सकिनेछ । यदि नेपालले विद्युत बेच्नु परे उक्त प्रसारण लाइनबाटै बेच्न सकिने सम्झौता छ । 

 

यसमा तपाईको प्रतिक्रिया