यसरी रातो नम्बर बाट आएको फोन उठाउदा धादिंग र मकवानपुरमा मान्छे मरेको हल्लाले देशभर हङ्गामा, के हो बास्तबिकता?

काठमाडौं, १४ पुस । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही दिनयता देशभर त्रास फैलिरहेको छ ।red-number

सायद तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्‍यो रे !’ अहिले यो हल्ला ‘दिन दोगुना, रात चौगुना’ भनेझैँ फैलिरहेको छ । मानिसहरुले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त र साथीभाइलाई सचेत रहन भनिरहेका छन् । हल्लामा मान्छे मरेको भनिएका क्षेत्रहरुचाहिँ कसैले नुवाकोट, कसैले धादिङ त कसैले मकवानपुर भनेका छन् ।

त्यसैगरी फोन आएका भनिएका मोबाइलहरु एनसेल छन् ।यो हल्ला अहिले यति भाइरल बनिसक्यो कि कन्ट्रोल गर्नै नसकिने अवस्था छ । आम मानिसहरु त्रसित बन्न थालेपछि  यसको वास्‍तविकताबारे बुझ्ने प्रयास यसरी गरीएकाे छ ।

एनसेल भन्छ, ‘हल्लाको पछि नलाग्नुस्’

हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्‍यौँ । सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाले वाक्कदिक्क भइसकेका रहेछन् । दिनमै सयौँ कल यस्तै चासो राख्नेहरुको आउँदो रहेछ । उनले यसबारे अफिसमा पनि कुरा भइसकेको, यो हल्लामात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए ।

सामाजिक सञ्चालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन् । त्यहाँ पनि एनसेलले यो हल्लामात्र भएको जवाफ फर्काएको छ ।‘रातो नम्बरबाट आएको फोन उठाए मरिने हल्ला छ के हो यो ?’ केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको छ, ‘कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहक बर्गहरुमा अनुरोध छ ।’

Loading...

यसमा तपाईको प्रतिक्रिया