ट्रम्पलाई जिताउन सघाएको आरोपमा ओबामाले ३५ रुसी कुटनीतिज्ञलाई अमेरिकाबाट धपाए

635635876048899313-EPA-USA-OBAMA-IRAN.1.jpg

एजेन्सी– अमेरिकले साइबार अपराधमा संलग्न रहेको आरोपमा ३५ जना रुसी कुटनीतित्रलाई देश निकाला गर्ने भएको छ ।

राष्ट्रपति बाराक ओवामाले कम्प्युटर ह्याक गरेर राष्ट्रपतीय निर्वाचन परिणाम तलमाथि पारेको आरोपमा उनीहरुलाई देश निकालाको आदेश दिएका हुन् । ती अधिकारीलाई ७२ घण्टाभित्र अमेरिका छाड्न चेतावनी दिइएको छ ।

उनीहरु सबै वासिङ्टन डीसीस्थित रुसी दूतावास तथा फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावासमा कार्यरत रहेको बीबीसीले जनाएको छ । ओबामाले रुसले गुप्तचरीमा प्रयोग गर्दै आएको दुईवटा कम्पाउण्ड समेत बन्द गर्न भनेका छन् ।

उनले मस्कोले लगातार अमेरिका विरोधी गतिविधि सञ्चालन गरिरहेको भन्दै त्यो क्रम नरोकिए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसी गुप्तचरहरुले कम्प्युटर ह्याकिङको सहायताले नतिजा प्रभावित गरेको आरोप ओबामाले लगाउँदै आएका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया