इजरायलले आफ्ना नागरिकलाई भारत जान रोक : आतंकवादी हमलाको खतरा भारत

isreal-sarkar
इजरायल – इजरायलले आफ्ना नागरिकलाई तत्कालका लागि भारत नजान आग्रह गरेको छ । नयाँ वर्षको अवसरमा भारतको समुद्री किनार तथा नाइट क्लबमा आतंकवादी हमलाको खतरा रहेको भन्दै इजरायलले आफ्ना नागरिकलाई त्यहाँ नजान निर्देशन दिएको हो ।

इजरायलको आतंक निरोध विभागका अनुसार दक्षिणपश्चिम भारतको केहि ठाउँमा आतंकवादी हमलाको डर छ । इजरायली पर्यटक हरेक वर्ष झै यो वर्ष पनि नयाँ वर्ष मनाउन गोवामा पुगेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया