काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा आइतबार र सोमबार झनै चिसो, माइनससम्म पुग्ने !

cvfuplsvmaeylvo

काठमाडौँ, १६ पुस । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा आज मौसम बदली भई एक्कासी चिसो बढेको छ ।

पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएर केहीस्थानमा पानी पनि परेको मौसम पूवार्नमान विभागले जनाएको छ ।

विभागका अनुसार, काठमाडौँ, पूर्वका ओखलढुंगा र ताप्लेजुंगसम्म पानी परेको छ । केही ठाउँमा हिमपात पनि परेको छ । ‘आइतबार र सोमबार काठमाडौँमा झ्न चिसो हुन्छ । माइनससम्म जान सक्ने सम्भावनालाई नकार्न सकिन्न ।’- वरिष्ठ मौसमविद् सुजन सुवेदीले दैनिक नेपालसँग भने

उनका अनुसार, काठमाडौँको तापक्रम ४.५ डिग्रीमा झरेको छ । यो हिजो भन्दा एक डिग्री सेल्सीयस कम हो । पश्चिमी वायुको प्रभावले मध्य र पश्चिम नेपालमा सबैभन्दा बढी चिसो बढ्ने बताइएको छ ।

Loading...

यसमा तपाईको प्रतिक्रिया