एमाले मधेसमा सक्कियो भन्नेलाई कडा झट्का: “एमाले मुक्त मधेस हैन अब मधेस केन्द्रित पार्टी मुक्त मधेस बन्न सक्छ”- ठाकुर

काठमाडौं, २० पुस । मधेसमा पछिल्लो समय नेकपा एमालेको बढ्दो लोकप्रियताले छटपटिएका मधेसवादी दलका नेताहरु कहिले ‘एमाले मुक्त मधेस’ बनाउँछौं त कहिले ‘ब्याण्डबाजासहित मधेसबाट एमालेलाई बिदा गर्छु’ भनिरहेका छन् ।

यतिमात्रै होइन् ‘एमालेलाई सिध्याउने सुत्र हामीसंग छ’सम्म पनि भन्न भ्याएका छन् । यसको अग्रपंक्तिमा छन् सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो । जो दिनहुँ एमालेविरुद्ध मधेसलाई जोडेर एक न एक प्रहार गरिहन्छन् ।

यही बीचमा मधेसकै एकजना युवा ‘विश्लेषक’ विकास ठाकुरले भने दुई-चार सीट भएका पार्टीले देशकै दोस्रो ठूलो पार्टीलाई मधेसबाट बिदा गर्नु भन्नु हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्षसमेत रहेका तराईबासी ठाकुरले अब आउने चुनावमा जनताले ‘एमाले मुक्त मधेस’ होइन् ‘मधेस केन्द्रित पार्टी मुक्त मधेस’ बनाउनसक्ने भन्दै त्यसतर्फ सचेत गराएका छन् ।

‘१,२,४ र ५ सिट भएकाहरुले ‘एमाले मुक्त मधेस’ बनाउछु, ब्याण्डबाजासहित मधेसबाट एमालेलाई बिदा गर्छु, एमालेलाई सिध्याउने सुत्र हामीसंग छ भन्नु हाँसो लाग्ने कुरा हो’, ठाकुरले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘आफै नमिल्ने एकले अर्कालाई गाली गर्नेले आफ्नो पार्टीभन्दा क्यौ गुणा ठूलो पार्टी मुक्त मधेस बनाउने कुरा कसरी सम्भव हुन्छ त ? सम्भव बनाउनु छ भने आफ्नै पार्टीका युवा नेताहरुलाई नेतृत्व देउ । अनि सम्भव हुन सक्छ । होइन भने आउने चुनावमा जनताले ‘मधेस केन्द्रित पार्टी मुक्त मधेस’ न बनाइदेओस । हेक्का होस ।’

ठाकुरले पहिलो र दोस्रो संबिधानसभाको निर्वाचनमा भएको सिट अन्तरले पनि मधेसवादी दलले आफ्नो क्षमता बुझ्न नसक्नु दुःखद भएको उल्लेख गरेका छन् ।

एमालेको पनि आलोचना गर्दै उनले भनेका छन्– ‘हुनतः एमालेको नश्लबादी राजनीतिले देशले निकास पाउदैन् । एमाले अध्यक्ष केपी ओली र अरु केही नेताहरुको मधेस विरोधी बक्तब्य आफैमा निन्दनीय छ । तर, पहिलो र दोस्रो संबिधानसभाको निर्वाचनमा भएको सिट अन्तरले पनि मधेसवादी दलले आफ्नो क्षमता बुझ्न नसक्नु दुःखद हो ।’ श्रोत: दैनिक नेपाल 

Loading...

यसमा तपाईको प्रतिक्रिया