हुने भयो भारतीय राजदुत रणजित रायको ‘बाइबाइ’: भारतले थाल्यो पुर्व भारतीय सेनाप्रमुख दलबीर सिंह सुहागलाई नेपालका लागि राजदुत बनाउने तयारी

काठमाडौं, २० पुस–नेपालका लागि भारतीय राजदूत रणजित रायको कार्यकाल सकिनै लाग्दा भारतले नेपालका लागि नयाँ राजदूतमा सेनाका अवकास प्राप्त अधिकारी पठाउने तयारी गरेको छ ।

dalbir-rey
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतीय सेनाका पूर्व प्रमुख दलबीर सिंह सुहागलाई नेपालको राजदूतका रुपमा पठाउने तयारी भारतीय सरकारले गरेको छ ।

नेपालका लागि भारतीय राजदूत रणजित रायको कार्यकाल सकिनै लाग्दा भारत सरकारले उनको स्थानमा प्रभावशाली व्यक्ति पठाउने तयारी गरेको हो ।

नवभारत टाइम्सका अनुसार पछिल्लो समय चीनको प्रभाव नेपालमा पर्दै गएका कारण त्यस्तो प्रभाव कम गर्ने व्यक्तिको रुपमा उनलाई पठाउने तयारी सरकारले गरेको हो ।

नेपाल र चीनबीच पहिलोपटक फेब्रुअरीमा संयुक्त सैन्य अभ्यास हुने तयारी गरेको भन्दै भारतीयले आपत्ति जनाएका छन् ।

सुहाग मंसिरमा नेपाल आएका थिए । उनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

म्यानमार तथा पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेसँगै सुहाग र भारतीय प्रधानमन्त्रीवीचको सम्बन्ध प्रगाढ रहेको भारतीय सञ्चारमाध्महरुले जनाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया