एमालेको आन्दोलनमा थपियो अर्को दल, भोलिदेखि सडकमा उत्रिने

oli-bahire
काठमाडौं, २१ पुस । संविधान संशोधन विधेयकविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका ९ विपक्षी दलले थालेको आन्दोलनमा अर्काे नयाँ दल पनि थपिएको छ ।

विपक्षी गठबन्धनको आन्दोलनमा चुरेभावर लोकतान्त्रिक पार्टीले ऐक्यवद्धता जनाएको हो ।

पार्टीका अध्यक्ष भूमिराज निरौलाले विहिबार एक विज्ञप्ति जारी गर्दै संविधान संशोधन विधेयकको विरोधमा एमालेको अगुवाईमा भइरहेको विपक्षी गठबन्धनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पुस २२ गते भोलि आयोजना गरेको विरोध सभामा पार्टीका सबै तह तप्कालाई परिचालन गरिने जानकारी दिएका छन् ।

पार्टीले सरकारले संविधान संशोधनको बहानामा पेश गरेको संशोधन विखण्डनकारी भएको ठहर गर्देै उक्त प्रस्ताव विनाशर्त फिर्ता लिएर देशलाई निकाश दिनपनि माग गरेको छ ।

chure-pahad-looktantirik

यसमा तपाईको प्रतिक्रिया