स्व. राजा बिरेन्द्रको झल्को दिनेगरी एमाले अध्यक्ष ओली सडकमा देखिएपछी ……..

शुक्रवार राजधानीमा हुँदै गरेको जनप्रदर्शनको तयारीस्वरुप एमालेले आज भृकुटी मण्डपबाट मोटरसाइकलको बृहद र्याली आयोजना गरेको थियो । पार्टी केन्द्रीय कार्याल धुम्बाराहीको पत्रकार सम्मेलन सकेर र्यालीको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली हतारहतार भृकुटीमण्डप आउँदै थिए ।

एमालेको मोटरसाइकल र्यालीकै कारण काठमाडौंको ट्राफिक ब्यवस्थापन पहिल्यैदेखि प्रभावित थियो । सुरक्षा स्कर्टिङमा आएका ओली धुम्बाराहीबाट यातायात जामका कारण भृकुटीमण्डपसम्म पुग्न सकेनन् । उनी बागवजार चोकमै ओर्लिए । त्यहाँबाट ओली पैदलै अघि बढे । 

जव ओली पैदल हिंड्न थाले वरिपरी रहेका सर्वसाधारण ओलीको पछि पछि दौडन थाले । यातायात जामका कारण रोकिएका बटुवाहरु पनि खल्तीबाट मोवाइल झिक्दै ओलीलाई समेट्नेगरी सेल्फी खिच्न ब्यस्त देखिन्थे । बागवजारदेखि भद्रकाली नजिकसम्म पुग्दा सर्बासाधारणमा पूर्वप्रधानमन्त्री ओलीप्रतिको आकर्षण देख्न सकिन्थ्यो । 

बागवजारको मुखमै भेटिएका केही युवाहरु ‘केपी ओली, केपी ओली’ भन्दै पछिपछि दौडिरहेका थिए । पुरानो बसपार्कको मुखमा ओली आइपुग्दा वच्चा हातमा डोहोर्याइरहेका एक अभिभावक वच्चालाई काँधमा चढाइ ओलीलाई देखाउँदै थिए । 

सडक किनाराका पसले, बटुवा र स्कूल् कलेजबाट फर्केका विद्यार्थीहरु आफ्नो गन्तब्य छोडेर ओलीको पछि पछि हिंडेका थिए । 

हजारौंको मोटरसाइकल र्याली

२२ गतेको जनप्रदर्शनको प्रचारका लागि एमालेले आयोजना गरेको मोटरसाइकल र्यालीमा हजारौंको सहभागिता थियो । मोटरसाइकल र्यालीले काठमाडौंको ट्राफिक ब्यवस्थापन असतब्यस्त बन्न पुगेको थियो ।

फोटो-चक्रपथ.कम 

यसमा तपाईको प्रतिक्रिया