काँग्रेस–माओवादी मिलेर पनि हराउन सकेनन् एमालेलाई, काँग्रेस–माओवादीको झण्डै पत्तासाफ

aaja-23
२३,पुस,काठमाडौं । काँग्रेस–माओवादी गठबन्धनलाई चुनौति दिदै सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा एमाले निकट सुवास खतिवडाले विजयी हासिल गरेका छन् । खतिवाडले कांग्रेस निकट किशोरजंग थापालाई १० मतले पराजित गरेका हुन् ।

शनिबार बिहान सम्पन्न मत गणनाअनुसार अध्यक्षमा निर्वाचित खतिवडाले १ सय ४२ मत पाएका हुन् । उनका प्रतिद्वन्द्वी थापाले १ सय ३२ मत पाए । वरिष्ठ उपाध्यक्षमा कांग्रेस निकट अर्जुन गिरी विजयी भएका छन् ।

जनजाति उपाध्यक्षमा एमाले निकट अर्जुन राईले जित हासिल गरेका छन् । महिला उपाध्यक्षमा कांग्रेस निकट शशिकला दाहाल, मधेसी उपाध्यक्ष निमेष कर्ण विजयी भएका छन् ।

कर्ण मधेसी दलहरू निकट मानिन्छन् । महासविचमा माओवादी केन्द्र निकट गोविन्द देवकोटा विजयी भएका छन् । सचिवमा भने एमाले निकट बन्दना दनुवार विजयी भएकी छन् । कोषाध्यक्षमा विजयी भएका लक्ष्मण खड्का माओवादी केन्द्र निकटका हुन् । पदाधिकारीमा अध्यक्षसहित एमालेले तीन, कांग्रेस दुई युनियन, माओवादी केन्द्र दुई र एक मधेस निकट दलले जित हासिल गरेका छन् ।

प्रदेश सदस्यहरूमा अधिकांश सदस्यमा एमाले निकट उम्मेदवार विजयी भएका छन् । एक नम्बर प्रदेशमा एमाले निकट बच्चु नारायण श्रेष्ठ, २ मा एमाले निकट अशोक दत्त, ३ मा एमाले निकट कृष्णहरि घिमिरे, ४ मा एमाले निकट शान्ति गुरुङ, ५ मा कांग्रेस निकट केपी घिमिरे, ६ मा एमाले निकट जनकबहादुर शाही र ७ मा कांग्रेस निकट दीर्घराज उपाध्याय विजयी भएका छन् 

यसमा तपाईको प्रतिक्रिया