अमेरिकी राष्ट्रपतीय निर्वाचनबारे आयो नयाँ रिपोर्टः पुटिन पनि मुछिए, हिलारीको जित–ट्रम्प तनावमा

hilari-putin-torp

वसिङ्गटन । गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार एक ठोकुवा प्रतिबेदन बुझाएका छन् ।

उक्त प्रतिवेदनले उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले एक गुप्त विस्तृत साइबर अभियान नै चलाउन व्यक्तिगत रुपमै आदेश दिएको खुलासा गरेको छ ।

अमेरिकी गुप्तचर निकायहरुका प्रमुखहरुले नवनिर्वाचित राष्ट्रपति ट्रम्प, ह्वाइट हाउस तथा अमेरिकी काँग्रेसलाई भेटेर आफ्ना निष्कर्ष प्रस्तुत गर्दै सो प्रतिबेदन गतः शुक्रबार औपचारिक रुपमा हस्तान्तरण गरेपश्चात् उक्त प्रतिबेदनको केही अंश सार्वजनिक गरिएको हो ।

मूल प्रतिवेदनमा रुसले कहाँबाट, के, कसरी साइबर अभियान चलाई निर्वाचनलाई प्रभावित बनाएको हो सो सबैको विस्तृत विवरण उल्लेख गरिएको बताइएको छ ।

यस अतिरिक्त, सो प्रतिबेदनमा क्रेमलिनले स्पष्टरुपमा ट्रम्पलाई अमेरिकी राष्ट्रपतिको पदमा आसिन हुन रुचाएको, प्रजातन्त्रप्रति अमेरिकी जनताको विश्वासमा ठेस पु¥याउनु, हिलारी क्लिन्टनलाई घात गरी उनको बदनाम गर्नु, उनको विजयी हुने सम्भावनामा वाधा सिर्जना गर्नु इत्यादि रुसको उद्देश्य रहेको पनि उल्लेखित छ ।

 

Loading...

यसमा तपाईको प्रतिक्रिया