भारतलाई पाकिस्तानले दियो झड्का: भारतले आतंकबाद उक्साएको प्रतिबेदन संयुक्त राष्ट्रसंघमा

काठमाडौं । पाकिस्तानले भारतले आफ्नो देशमा गरेको हस्तक्षेपसँग जोडिएको एक रिपोर्ट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजलाई बुझाएको र भारतका यस्ता गतिविधि नियन्त्रण गर्न आग्रह गरेको एनडिटिभीले जनाएको छ ।

‘पाकिस्तानमा भारतको हस्तक्षेप तथा आतंकवा’ नामको सो रिपोर्ट संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि मलिहा लोधीले  हस्तान्तरण गरका थिए । योसँगै पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीजले लेखेको एक पत्र पनि सुम्पिएका थिए ।

गुटेरेजका प्रवक्ता स्टीफन डुजेरिकले पाकिस्तानका राजदूतको आग्रहमा बैठक आयोजना गरेको बताएका थिए । पाकिस्तानको विदेश विभागका अनुसार भारतीय गुप्तचर संस्था रअले पाकिस्तानको बलुचिस्तान, फाटा र कराँचीमा हस्तक्षेप र आतंकबादी क्रियाकलाप गरेको छ ।

गुटेरेजलाई बुझाइएको सो पत्रमा बलुचिस्तानबाट गिरफ्तार भएका भारतीय रअ एजेन्ट कुलभूषण जाधवले पाकिस्तानलाई अस्थिर गर्ने र आतंकवादीलाई समर्थन गरेको स्वीकार गरेको र यसले लामो समयदेखिको पाकिस्तानको दाबीलाई पुष्टि गरेको बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया