सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पृथ्वी नारायण शाहको यसरी खिल्ली उडाए

rajendar-mahat
२७,पुस,काठमाडौं। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पृथ्वीनारायण शाहले मुलुकलाई भावनात्मक रुपमा एकीकरण गर्न नसकेको भन्दै आलोचना गरेका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान कुरागर्दै उनले भने, ‘पृथ्वीनारायण शाहले मुलुकलाई भौगोलिक रुपमा एकीकरण गरे पनि भावनात्मक रुपमा एकीकरण गर्न सकेनन् ।’ उनले भावनात्मक एकीकरणका लागि आफूहरू लागिरहेको दाबी गर्दै पृथ्वीनारायण शाहको आलोचना गरेका हुन । 

पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिएको विषयमा सोधिएको जिज्ञासामा उनले भने, ‘यो कुरा सरकारको हो । मलाई धेरै बोल्नु छैन ।’
कार्यक्रमको सुरुमै आज राष्ट्रिय एकता दिवस हो नि तपाईलाई थहा छ भनेर सोधिएको प्रश्नमा अध्यक्ष महतोले भने, ‘के को राष्ट्रिय एकता दिवस हो ?’ भने प्रतिप्रश्न गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया