पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा खुलेरै बोले केपी ओली, सरकारलाई साथ दिन अघि सारे शर्त

दमक, २७ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिएको वक्तव्यलाई स्वभाविक भनेका छन् ।

संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने ।

‘ज्ञानेन्द्र शाह पनि आम नागरिक जस्तै एक नेपाली नागरिक भएकाले मुलुकको चिन्ता गर्नु स्वभाविक हो,’ उनले भने- ‘दरबारबाट बाहिरिएपनि देशप्रतिको माया हुनु राम्रो कुरा हो ।’

प्रेस चौतारी झापाले बुधबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पूर्वराजाले दिएको वक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार मात्र भएको टिप्पणी गरे । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ उनले भने ।

‘सरकारले राष्ट्रहित अनुकूल काम गर्न सकेन’

फरक प्रसंगमा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाए । वर्तमान सरकारले ल्याएको संशोधन विधेयक देश र जनताका हितविरुद्ध रहेको ओलीको जिकिर छ ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै ओलीले भने- ‘सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न खोजेको छ ।’

निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बतादै अध्यक्ष ओलीले मुलुकलाई द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको दाबी गरे ।

उनले संविधान संशोधन विधेयक संसद्मा झुक्याएर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहार्याए । संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने ओली भनाई छ ।

Loading...

यसमा तपाईको प्रतिक्रिया