प्रचण्डको कार्यशैली बिरुद्द आक्रामक बन्यो चीन: चिनियाँ राजदुतले खोजिन ‘एक चीन’ नीतिप्रतिको कार्यान्वयनमा प्रतिबद्धता

काठमाडौं, २७ पुष – चिनियाँ राजदुत यु होङले वर्तमान सत्तारुढ गठनबन्धनको ‘एक चीन’ नीतिप्रतिको कार्यान्वयनमा प्रतिबद्धता खोजेकी छिन् । सरकारका पछिल्ला गतिबिधिप्रति उनले असन्तुष्टी राख्दै त्यस्ता गतिबिधिले निरन्तरता नपाउने आशा समेत राखेकी हुन । 

परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई मंगलबार भेटी उनले सरकार र गवठबन्धनसँग जोडिएका अधिकारी/नेताहरुका पछिल्ला गतिबिधिको फेहरिस्त राख्दै ‘एक चीन’ नीति प्रति आश्वस्त हुन खोजेकी हुन् । श्रोतका अनुसार, राजदुतले   चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य लिउ छिपाओलाई मंगोलियाका बिदेशमन्त्रीसँगै बोलाएर अपमान गरिएको भन्दै त्यसबारे मन्त्री महतको धारणा बुझ्न खोजेकी थिइन ।  त्यस्तै, सत्तारुढ दलका सभापति शेरबहादुर देउवाले गोवामै गएर निर्वासित तिब्बती सरकारका प्रधानमन्त्रीसँग मंच शेयर गरेका थिए भने दलाई लामाको भिडियो संवोधनमा समेत सहभागि थिए । तत्कालिन चिनियाँ राजदुत उ चुन्ताईले सत्तारुढ पार्टीका प्रमुख नेताको यो भेटवार्ताप्रति असन्तुष्टी राखेका थिए ।

नेपालमा चीनबिरोधी गतिबिधि बढीरहेको भन्दै असन्तुष्टी राखिरहेका बेला जिम्मेवारी सम्हाल्न आएकी राजदुत होङले पनि देउवाको गोवा यात्रा र त्यहाँ भएको कार्यक्रमबारे महतसँग जानकारी मागेकी थिइन । यसअघि देउवालाई भेट्दा समेत यस बिषयमा कुराकानी भएको र देउवाले आफ्नो एक चीन नीति प्रति शंका नगर्न आग्रह गरेका थिए । दाहाल नेतृत्वको सरकारले अघिल्लो सरकारका पालामा भएका सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै राष्ट्रपति सी जिनिपिङको नेपाल भ्रमणको तयारीका लागि समेत पुर्ब सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएकी थिइन । त्यसमा परराष्ट्रमन्त्री महतले स्पष्ट जबाफ दिन नसकेपनि पुर्ब सम्झौता कार्यान्वयन हुने र राष्ट्रपतिको भ्रमणका लागि नेपाल तयारी अवस्थामा रहेको बताएका थिए ।

चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमण गर्न इच्छुक रहेपनि नेपाल सरकारका चीनबिरोधी क्रियाकलाप बढीरहेको र भ्रमणको तयारीसमेत नभएकोले भ्रमणसमेत अव अन्यौलमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको बिदेश नीति भारतद्वारा निर्देशित हुने नयाँदिल्ली प्रस्तावमा हस्ताक्षर गरेपछि चीन संशकित हुँदै आएको छ । दाहाल नेतृत्वको सरकार भारतीय योजनामा बनेको भन्ने नयाँदिल्लीका रिर्पोटहरु नेपाल सरकारका सम्झौता र व्यवहारले प्रमाणित गर्दै लगेपछि बेइजिङको चिन्ता बढेको हो । चिनियाँ राष्ट्रपतिको प्रस्तावित नेपाल भ्रमण त्यही दाहालद्वारा दिल्लीमा हस्ताक्षरित बक्तब्यले निशेध गरेको चीनको बुझाई छ ।

सरकारका एक चीन नीतिबिरुद्धका गतिबिधिका कारण बेइजिङले नियमित गर्नुपर्ने कतिपय बैठकलाई पर सार्दै आएको छ । नेपाल सरकारले नेपाल–चीन दुईपक्षीय संयन्त्रको बैठक माघमा गर्ने प्रस्ताव राखेपनि राजदुत होङले चिनियाँ नेता÷अधिकारी दुई महिना व्यस्त रहने भन्दै फागुनको अन्त्यमा गर्न सकिने जबाफ दिएकी छिन् । राजदुतले कुटनीतिक शैलीमा चीनप्रति सरकारको नीति र व्यवहारप्रति शंका राखेपछि परराष्ट्रमन्त्री महतले उनलाई सरकारको एक चीन नीतिप्रति शंका नगर्न बिश्वास दिलाउँदै चीन नेपालको नजिकको छिमेकी भएको बताएका थिए । 

यसमा तपाईको प्रतिक्रिया