३४ किलो सुन तस्करीले हल्लियो सिंहदरबार, कसका लागि ल्याइयो यति धेरै सुन?

२७ पुस,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले विमानस्थलको सुरक्षा प्रणाली र अन्तर समन्वयबारे विशेष रुपमा छलफल हुनुपर्ने भनेका छन् ।  ठूलो परिमाणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएकोबारे सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा सहभागी गृहमन्त्री निधिले यस्तो बताएका हुन् ।

उनले बैठकमा भने, ‘सुन कसको लागि ल्याइएको थियो पत्ता लगाउन प्रहरीलाई  भनिसकेको छु । ।’ राजस्वलाई नबुझाई प्रहरीले नै अनुसन्धान गर्न के अधिकार, समन्वय चाहिन्छ भनेर आफूले प्रहरीलाई भनिसकेको गृहमन्त्री निधिले बताए । नयाँ तरिकाले संगठित अपराध कसुर ऐनअन्तर्गत अनुसन्धान भइरहेको गृहमन्त्रीको भनाइ छ । उनले कसुर नराखी, मोलाहिजा नगरी अनुसन्धान गर्नुपर्नेमा पनि जोड दिए । 

Loading...

यसमा तपाईको प्रतिक्रिया