कहिले खैनी त कहिले सलामीले परिचित मन्त्रि अर्जुन नरसिंह केसीले दिए प्रचण्ड सरकारलाई झट्का, आफुले लगेको प्रस्ताब ३ पटक सम्म पारित नभएपछी मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै निक्लिए बाहिर

काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बिदा दिनुपर्ने आफ्नो प्रस्ताव पारित नभएपछि शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी बीचैमा मन्त्रिपरिषद् बैठक छोडेर निस्किए । 
शहरी विकास मन्त्री केसीले राष्ट्रलाई एकीकरण गर्ने व्यक्तित्वलाई सम्मान गर्नुपर्ने भनाई राखेका थिए । तेस्रो पटकको बैठक बुधबार पनि उनले यो प्रस्ताव राखेका थिए तर, बैठकले पृथ्वी जयन्ती मात्र नभई सबै सार्वजनिक बिदाबारे पुनरावलोकन गरेर नयाँ कार्यविधि बनाउन गृह मन्त्रालयलाई निर्देशन दियो ।
मन्त्री केसीले राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई अरु राजासँग तुलना गर्नु गलत भएको बताए । “मन्त्री परिषद्ले पृथ्वी जयन्तीबारे केही निर्णय गरेन । म जयन्ती मनाउनकै लागि नुवाकोट हिँडे,” उनले भने । 
यसअघिका दुई वटा मन्त्रिपरिषद्मा पनि पृथ्वी जयन्ती मनाउनुपर्छ भन्ने आफ्नो प्रस्ताव अस्वीकृत भएको उनले जानकारी दिए । 
पूर्वराजा पृथ्वीनारायण शाहको जन्म दिन पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सार्वजनिक बिदा दिनुपर्ने माग हुँदै आएको छ । 

Loading...

यसमा तपाईको प्रतिक्रिया