नेपाल राष्ट्र बैंकको चरम लापरबाही,नेपाली भाषाको घोर अपमान

rupiya-bis
काठमाडौं पुस ४ नेपाल सरकार र यस मातहतमा विभिन्न निकायहरुको काम देशको भाषा, संस्कृति,रीतिरिवाजको संरक्षण गर्दै  आफ्नो लक्षअनुसारको कार्यसम्पादन गर्नुु हो । तर,देशको माथिल्लो नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले नै नेपाली भाषा बिगारेको छ । नेपाल राष्ट्र बैंकले नेपाली भाषाको व्याकरणीय नियमको बेवास्ता गर्दै नयाँ नोट बजारमा ल्याएर भाषाको खिल्ली उडाएको छ ।

जसमा नेपाल राष्ट्र बैकको चरम लापरबाही देखिन्छ । नयाँ बीस रुपैयाँको नोटमा ‘बीस’ लेख्नुुपर्ने ठाउँमा ‘बिस’ लेखिएको छ । अर्थात दीर्घ लेख्नु पर्ने स्थानमा ह्रस्व लेखिएको छ । साथै ‘पाइनेछ’ जोडेर लेख्नुु पर्नेमा ‘पाइने छ’ भनेर यसरी छुुट्याएको छ । यी लगायत थुुप्रै व्याकरणीय त्रुटि गर्दै राष्ट्रबैकले नोट बजारमा ल्याएको आजको साँघु साप्ताहिकमा खवर छापिएको छ ।

Loading...

यसमा तपाईको प्रतिक्रिया