राष्ट्रिय बाणिज्य बैंकमा जागिर खुल्यो, १२ कक्षा पास गरेकालाई अवसर

काठमाडौं, २८ भदौ । राष्ट्रिय बाणिज्य बैंकमा विभिन्नपदमा २४९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

विभिन्न पदमा प्लस टु देखि मास्टर्स उत्तिर्ण सम्मले दरखास्त दिन पाउने छन् ।

योग्यता पुगेका तथा इच्छुक व्यक्तिले असोज २८ गते सम्म रामशाहपथमा रहेको बैंकको केन्द्रिय कार्यालयमा दरखास्त बुझाउन पर्नेछ ।

दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र आवेदन फारम बुझाउन सक्ने बैंकले जनाएको छ ।

बैंकको वेवसाइड www.rbb.com.np मा गएर क्यारियन नोटिस बाट आवेदन फारम डाउनलोड गरेर भर्नुपर्ने र बैंकमा नै गएर बुझाउन पर्नेछ ।

हेर्नुस् सूचनाः

rbb

Loading...

यसमा तपाईको प्रतिक्रिया