शेरबहादुर देउवालाई अनेकथरी पीडाको पहाड, देउवालाई आइलाग्यो नसोचेको आपत

शेरबहादुर देउवालाई अनेकथरी पीडाको पहाड, देउवालाई आइलाग्यो नसोचेको आपत
१३,वैशाख ,काठमाडौं । अहिले देउवामाथि एउटा मात्र होइन अनेकथरी पीडाको पहाड छ । उम्मेदवारी छनोटको लफडा त छँदै थियो, आपसी भागबण्डाको चक्करले झन् ठूलो रिँगटा छुटाएको अवस्था छ । एकातिर रामचन्द्रले ४० प्रतिशत मागेका छन् । अर्कातिर कोइरालाहरुको उस्तै दबाब छ । खुमबहादुरको असन्तुष्टि व्यवस्थापन, मधेसी नेताको अपेक्षा आआफ्नै ठाउँमा । नेतापिच्छेको आकांक्षा र त्यहीअनुरुप उम्मेदवारी दिएर माग सम्बोधन गर्नुपर्ने बाध्यताकै कारण पोखरा महानगरपालिकाको मेयरमा रामचन्द्र पौडेलको मान्छेलाई, विराटनगरको उम्मेदवार कोइराला परिवालाई रोज्ने जिम्मा दिइएको छ । नवलपरासीमा महामन्त्री शशांक...

काँग्रेसलाई रावलको कडा जवाफ : एमाले उग्रराष्ट्रवादी हो भने विदेशी इसारामा चल्ने काँग्रेस के हो ?

काँग्रेसलाई रावलको कडा जवाफ : एमाले उग्रराष्ट्रवादी हो भने विदेशी इसारामा चल्ने काँग्रेस के हो ?
१३ बैशाख, कैलाली । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कांग्रेस–माओवादी केन्द्रको सत्ता गठबन्धनले संबिधान संशोधनको बखेडा झिकेर चुनाव भाँड्न खोजेको आरोप लगाएका छन् ।  एमाले सात नम्बर प्रदेशले आज कैलालीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेपछि जनतामा भ्रमको सृजना गर्ने कार्य बन्द गर्न सरकारलाई चेतावनी समेत दिए । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातारणमा सम्पन्न गर्ने कुरामा केन्द्रित हुनुको सट्टा संविधान संसोधनको कुरा उठाएकोले नेकपा एमालेले विरोध गरेकोसमेत उनले प्रष्ट्याए । नेपाली कांग्रेसले मंगलबार जारी...

पानीको हाहाकार हटाउन काठमाडौं उपत्यकाकामा ५० वटा ट्यांकी राखिने

पानीको हाहाकार हटाउन काठमाडौं उपत्यकाकामा ५० वटा ट्यांकी राखिने
वैशाख १३ । सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकाaवासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०लाई निर्देशन दिइसकेको छ । मन्त्रालयका अनुसार ट्यांकीमा राखिएको पानी सीधै पिउन सकिनेछ । ट्यांकी राख्न १० लाख खर्च खानेपानी ट्यांकी निर्माणका लागि सरकारले १० लाख रुपैयाँ खर्च गर्ने भएको छ । ट्यांकी राख्नुअघि केयुकेएलले पहिलो चरणमा...

मुसलमानले व्रत बस्ने बेलामा सरकारले निर्वाचन तोकिदियो

मुसलमानले व्रत बस्ने बेलामा सरकारले निर्वाचन तोकिदियो
वैशाख–१३ । मधेसी मोर्चा र सरकारबीच चुनाव सार्ने सहमति भएसँगै बाँकेमा विरोध सुरु भएको छ । जेठ ३१ का लागि दोस्रो चरणको निर्वाचन प्रस्ताव गरिएपछि रमजानको महिनामा चुनाव हुन नसक्ने भन्दै मुस्लिम समुदायबाट विरोध सुरु भएको हो । रमजानमा चुनाव किन ? जेठ १३ वा १४ गतेबाट रमजान सुरु हुँदैछ । मुस्लिम धर्मावलम्वीहरु रमजानको महिनामा पानी पनि नखाई व्रत बस्ने गर्दछन् । यस्तो बेलामा कसरी चुनाव प्रचार अभियान सञ्चालन गर्न सकिन्छ, कार्यकर्ता कसरी प्रचारमा पुग्छन् ? मतदाता कसरी भोट हाल्न जान सक्छन्,...

चालक-पैदलयात्रीमाथि ट्राफिकको निगरानी : पैदलयात्रीले जरिवाना तिर्नुपर्ने

चालक-पैदलयात्रीमाथि ट्राफिकको निगरानी : पैदलयात्रीले जरिवाना तिर्नुपर्ने
काठमाडौं  बैशाख १३  चालक र यात्रुको लापरबाहीले सवारी दुर्घटना बढेपछि काठमाडौं उपत्यका ट्राफिक महाशाखाले आगामी जेठदेखि सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा कडाइ गर्ने भएको छ । आजको कान्तिपुरमा खबर छ । महाशाखाका डिआयजी मिङ्मार लामाले जेब्रा क्रसिङमा गाडी नरोक्ने चालक, फुटपाथबाट नहिँड्ने र जेब्रा क्रसिङबाट सडक नकाट्ने पैदलयात्रीलाई कडा कारबाही गर्ने तयारी भइरहेको बताए । पहिलो चरणमा जनचेतनामूलक अभियान चलाउने भन्दै उनले फुटपाथ प्रयोग नगर्ने, जेब्रा क्रसिङ प्रयोग नगर्ने व्यक्तिले २ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने बताए ।...

माओवादीमा आफ्नो हात जगन्नाथ

माओवादीमा आफ्नो हात जगन्नाथ
काठमाडौं, १३ वैशाख । पटक पटक परिवारवादको आरोप खेप्दै आएको नेकपा माओवादी केन्द्रका शीर्ष तहका नेताहरुले स्थानीय तहको निर्वाचनमा आफ्नै छोराछोरी, श्रीमती र आफन्तहरुलाई उठाउने होडबाजी चलेपछि सो पार्टी फेरि आलोचनाको घेरामा परेको छ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अरु नेताहरुले समेत आफन्तहरुलाई निर्वाचनमा उभ्याउन पुगेका छन् । माओवादी अध्यक्ष दाहालले नवगठित भरतपुर महानगरपालिकाका मेयरमा छोरी रेणु दाहाललाई उठाउने टुंगो लगाइसकेका छन् । उनी प्रचण्डकी माइली छोरी हुन् । संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट उठेकी...

मतगणना पनि दुवै चरणमा : निर्वाचनका लागि भारतबाट के आउँदै छ ?

मतगणना पनि दुवै चरणमा : निर्वाचनका लागि भारतबाट के आउँदै छ ?
काठमाडौं  बैशाख १३,  निर्वाचन आयोगले स्थानीय तहको प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ । सरकारले पहिलो चरणमा ३१ वैशाखमा प्रदेश नम्बर ३, ४ र ६ र दोस्रो चरणमा ३१ जेठमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन गर्ने निर्णय गरेको छ । दुवै चरणको निर्वाचन सकिएपछि मात्रै मतगणना गर्ने कि पहिलो चरणको निर्वाचन सकिएलगत्तै भन्ने अन्योल भइरहेका वेला आयोगले यस्तो निर्णय लिएको हो । आजको नयाँ पत्रिकामा खबर छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ३१ वैशाखमा प्रथम...

चुनावबारे छलफल गर्न राष्ट्रिय जनता पार्टीका नेताहरु भारतीय दूतावासमा लम्पसार

चुनावबारे छलफल गर्न  राष्ट्रिय जनता पार्टीका नेताहरु भारतीय दूतावासमा लम्पसार
बैशाख १३ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर स्थानीय तहमा सघाउने प्रतिवद्धता गरे गलत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन् । स्रोतका अनुसार नेता महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव र शरदसिंह भण्डारी साँझ ६ बजे लैनचौरस्थित दूतावास पुगेका हुन् । त्यहाँ उनीहरू र भारतीय राजदूत मञ्जिब सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो । सहभागी एक नेताको भनाईमा छलफल स्थानीय तहमा केन्द्रित थियो । छलफलका क्रममा सहमति अनुसार सरकार...

बालुवाटारमा पाँच दलको बैठक : प्रधानमन्त्रीलाई ओलीका चार प्रश्न

बालुवाटारमा पाँच दलको बैठक : प्रधानमन्त्रीलाई ओलीका चार प्रश्न
बैशाख १३, बालुवाटारमा पाँच दलको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको चार प्रश्नको खबर आजको नयाँ पत्रिकामा छ ।  १. दुई चरणमा निर्वाचन किन ? कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१ वैशाखको मिति घोषणा भएको थियो, देउवाजीले त अझै एकै चरणमा निर्वाचन गराउने अडानै लिनुभएको थियो, अनि तपाईंहरूले नै निर्वाचनको मिति घोषणा गर्नुभएको थियो, हामीले घोषणा गरेको त होइन ? यो निर्वाचन नै नगर्ने सोच त होइन ? २. बजेटपछि निर्वाचन कसरी ? बजेट वक्तव्यपछि निर्वाचन गर्ने कुरा आचारसंहिताविपरीत हुन्छ । निर्वाचनलाई प्रभावित...

Breaking_News: डीआइजी नवराज सिलवाल पक्राउबारे सनसनीपूर्ण खुलासा: सिलवाल पक्राउको योजनाकार देउवा, गृहसचिव र आइजीपी अर्यालको खेलमा गृहमन्त्री नै जिल्लाराम!

Breaking_News: डीआइजी नवराज सिलवाल पक्राउबारे सनसनीपूर्ण खुलासा: सिलवाल पक्राउको योजनाकार देउवा, गृहसचिव र आइजीपी अर्यालको खेलमा गृहमन्त्री नै जिल्लाराम!
काठमाडौं, १२ वैशाख । कांग्रेसका तर्फबाट गृह तथा उपप्रधानमन्त्री विमलेन्द्र निधि छन् । तर, गृहप्रशासनका कामकारबाही उनले पत्रपत्रिकामा समाचार आएपछि मात्र थाहा पाउने गरेका छन् । गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले गृहमन्त्री निधिसँग समन्वय नै नगरी गृह मन्त्रालय हाँक्ने गरेका छन् । दृष्टि न्युजले समाचार लेखेको छ । उनले गृहमन्त्रालयका कामकाज आरजु देउवासँगको सल्लाहमा गर्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुको आडमा उनले गृहमन्त्रीलाई जानकारी नै नदिई नेपाल प्रहरी र सशस्त्र प्रहरीदेखि राष्ट्रिय अनुसन्धान विभागका सरुवाबढुवा...