निर्वाचनका विषयमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

निर्वाचनका विषयमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख निर्वाचन आयुक्तबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग निर्वाचनका विषयमा छलफल गरेका छन् । सोमबार बिहान बालुवाटारमा भएको भेटमा प्रचण्डले २०७४ माघ ८ भित्र तीनै तहको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै निर्वाचन आयोगको तयारीबारे जानकारी लिएका छन् । वैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलको सहमति लगतै प्रधानमन्त्री दाहालले आयुक्त यादवसँग भेटेर छलफल गरेका हुन् । ‘तीन दलमा चुनावमा जाने सहमति भइसकेको छ । अरु दलहरुसँग पनि म छलफलमा छु,’ प्रधानमन्त्री प्रचण्डको...

​सिके राउत भूत हुन कि मानिस ? संसदमा उठ्यो प्रश्न : संसद बैठकमा खैलाबैला

​सिके राउत भूत हुन कि मानिस ? संसदमा उठ्यो प्रश्न :  संसद बैठकमा खैलाबैला
१० माघ, काठमाडौं । मधेस आन्दोलनको १० वर्षको उपलक्ष्यमा सिरहाको लाहनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि पछिल्लो समय चर्चित बनेका स्वतन्त्र मधेस आन्दोलनका अभियान्ता सिक राउतबारे सोमबारको संसद बैठकमा ‘उचम्म' लाग्दो प्रश्न उठेको छ ।  सोमबारको बैठकमा बोल्दै मधेसी अनअधिकार फोरम लोकतान्त्रिकका एक सांसदले सिके राउत सरकारले पक्राउ गर्ने नसक्ने गरी भूत भएको भन्दै व्यंग गरे । ‘सिके राउत भूत हो भने सरकारले व्याख्या गरोस्, मान्छे हो भने किन पक्रिँदैन र...

चिनियाँ सेनाको उच्चस्तरीय टोली किन आयो काठमाडौं ? युद्धस्तरमा ठूलो तयारी : भारतमा खलबली, रोक्ने प्रयास असफल

चिनियाँ सेनाको उच्चस्तरीय टोली किन आयो काठमाडौं ? युद्धस्तरमा ठूलो तयारी : भारतमा खलबली, रोक्ने प्रयास असफल
काठमाडौं १० माघ । नेपाल–चीनबीच ईतिहासमै पहिलो हुन लागेको संयुक्त सैन्य अभ्यासको तयारीका लागि चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । आगामी फागुनमा नेपाल र चीनबीच पहिलो संयुक्त सैन्य अभ्यास हुँदैछ । चीनले संयुक्त सैन्य अभ्यासलाई ब्यवस्थित र प्रभावकारी बनाउन छलफलकै लागि मेजेर जनरलको नेतृत्वमा टोली नेपाल पठाएको हो । यसअघि पनि वरिष्ठ कर्णेलको नेतृत्वमा चिनियाँ सेनाको टोली नेपाल आएको थियो । स्रोतका अनुसार काठमाडौंमा रहेका मेजर जनरल लि उ चुन नेतृत्वको चिनियाँ सैनिक...

आफ्नै सल्लाहारले मुद्धा हाल्ने धम्की दिएपछि बालुवाटारमा के भने प्रधानमन्त्री प्रचण्डले ?

आफ्नै सल्लाहारले मुद्धा हाल्ने धम्की दिएपछि बालुवाटारमा के भने प्रधानमन्त्री प्रचण्डले ?
१० माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसँग रुष्ट भएका छन् । प्रधानमन्त्रीका कानूनी सल्लाहकार समेत रहेका श्रेष्ठले हालै उच्च अदालतमा ८० न्यायाधिश नियुक्ति भएको विरुद्ध सरकारी वकिलले थालेको इजलास बहिस्कार आन्दोलनमा ऐक्यबद्धता जनाएपछि प्रधानमन्त्री उनीसँग रिसाएका हुन् । श्रेष्ठले ८० न्यायाधीशमा सरकारी वकिलबाट कमलाई मात्र नियुक्ति गरिएको भन्दै सार्वजनिक रुपमा आपत्ति जनाउँदै आएका छन् । श्रेष्ठले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा आवश्यक परे प्रधानमन्त्री प्रचण्डविरुद्धसमेत मुद्धा लड्ने चेतावनी दिएका थिए । ‘आफैंले नियुक्त गरेको आफ्नै...

संसदमा विखण्डनकारीलाई कारबाही गर्न माग, पाँच विकास क्षेत्रलाई प्रदेश बनाउन प्रस्ताव

संसदमा विखण्डनकारीलाई कारबाही गर्न माग, पाँच विकास क्षेत्रलाई प्रदेश बनाउन प्रस्ताव
काठमाडौं, १० माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद सुवोधकुमार पोखरेलले सीके राउतले विखण्डनकारी गतिविधि गरेको भन्दै हदैसम्मको कारबाही गर्न माग गरेका छन् । संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पोखरलले सिरहामा देश टुक्र्याउने गतिविधि गरेर सीके राउतले देशद्रोही कार्य गरेको बताए । उनले राज्यविरुद्धको कार्य गर्ने अधिकार कसैलाई पनि संविधानले नदिएको बताए । ‘राष्ट्र विखण्डन गर्ने अभियानका नाईके सीके राउतलाई कसले छुट दिइरहेको छ ?’, उनले प्रश्न गर्दै भने, ‘राज्यले किन कारबाही गर्दैन...

राष्ट्रिय चिन्हसँग मिल्ने चुनाव चिन्ह कायम नहुने प्रस्तावको दफा नै हटाइयो

राष्ट्रिय चिन्हसँग मिल्ने चुनाव चिन्ह कायम नहुने प्रस्तावको दफा नै हटाइयो
१० माघ, काठमाडौं । राष्ट्रिय चिन्हसँग मिल्ने चुनाव चिन्ह कायम नहुने प्रस्तावको दफा नै हटाइएको छ । स्थानीय निर्वाचन, राजनीतिक दल र मतदाता नामावली सम्बन्धी पाँचओटा बिधेयकमा सहमति कायम गर्ने प्रयासमा दलहरु जुटेका छन् । राज्य व्यवस्था समितिले निर्वाचनसम्वन्धी विधेयक टुंगो लगाउन गत पुस ९ गते कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । एक महिनाको बीचमा उपसमितिको १५ पटक बैठक बसेर धेरैजसो विषयमा सहमति जुटाएको सदस्य रामेश्वर फुयाँलले बताए । ...

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भने : आगामी बैशाखमा निर्वाचन हुन्छ

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भने : आगामी बैशाखमा निर्वाचन हुन्छ
रौतहट, १० माघ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी बैशाखमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । रौतहट कांग्रेसका सभापति कृष्ण यादवको छोरीको बिबाहमा सहभागी हुन रौतहट पुगेका  सभापति देउवाले सरकारले चाडै स्थानीय निकायको चुनावको घोषणा गर्ने बताए । देउवाले निर्वाचनको मिति तोकिएपछि  निर्वाचन आयोगको माग अनुसार सरकारले आवश्यक बजेट बिनियोजन गर्ने बताए । उनले संबिधान संशोधनको बाँधक एमाले रहेको आरोप लगाए ।  ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप : संसारकै बेइमान हुन् मिडिया’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप : संसारकै बेइमान हुन् मिडिया’
वासिंटन, माघ १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यम संसारकै सबैभन्दा बेइमान भएको आरोप लगाएका छन् । कार्यभार सम्हालेको दोस्रो दिन अमेरिकी गुप्चतर निकाय सीआईए मुख्यालयमा वरिष्ठ अधिकारीहरुसँग भेट गर्दै राष्ट्रपति ट्रम्पले सञ्चारमाध्यम संसारकै सबैभन्दा बेइमान भएको बताएका हुन् । आफ्नो सपथग्रहण समारोहमा मानिसहरुको उपस्थितिलाई लिएर प्रकाशित तथ्यांक र सामाग्रीका विषयमा ट्रम्पले आक्रोस व्यक्त गरेका हुन् । उनले सञ्चारमाध्यमसँग आफ्नो युद्ध चलिरहेको पनि बताए...

टेबुल भए पनि एमालेको विरोधपछि संशोधन विधेयकले प्रवेश पाएन

टेबुल भए पनि एमालेको विरोधपछि संशोधन विधेयकले प्रवेश पाएन
काठमाडौं, १० माघ । संविधान संशोधनको विधेयक संसदमा टेबुल भए पनि प्रमुख विपक्षी दल एमालेसहितका नौ दलीय गठबन्धनको विरोधपछि छलफलका लागि पेश हुन सकेको छैन । संसदको आज बस्ने बैठकमा पनि संशोधन विधेयकले प्रवेश पाउने छैन । स्रोतका अनुसार संसदको आजको बैठकमा अन्य सामान्य विषयले प्रवेश पाउनेछ । संसदको बैठक आज पनि दिउँसो एक बजे बस्दैछ । एमालेसहितका दलहरूले राष्ट्रहित विपरितको संशोधन प्रस्ताव संसदमा टेबुल भए पनि छलफल हुन...

माओवादी कोटामा एमालेबाट न्यायाधीश, बर्षमानलाई यसरी बेचियो !

माओवादी कोटामा एमालेबाट न्यायाधीश, बर्षमानलाई यसरी बेचियो !
१०,माघ,काठमाडौं । राजनीतिक भागबन्डाका आधारमा न्यायाधीश नियुक्त गरिएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रलाई बद्नाम बनाउने अभियान सुरु भएको छ । यो अभियानको नेतृत्व एमालेका मिडियाहरुले गरेका छन् । तर बाजी भने एमालेले मारेको छ । समाचार स्रोतका अनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढ्नासाथ एमालेका नेताहरु सुवास नेम्वाङ, अग्नि खरेल, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सपना मल्ल प्रधान धेरै दिनदेखि गोप्य मिटिङमा थिए । न्यायपरिषद्मा ओवादी र कांग्रेसको...