​विजुली चोर कर्मचारी एक–एक गरी समातिन्छन्,अब त्यसै छाडिन्न : ऊर्जामन्त्री जनार्दन शर्माले

​विजुली चोर कर्मचारी एक–एक गरी समातिन्छन्,अब त्यसै छाडिन्न : ऊर्जामन्त्री जनार्दन शर्माले
११,माघ,काठमाडौँ ।  ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चोरीमा सङ्लग्नलाई नियन्त्रणमा लिने क्रम तिव्र रुपमा सुरु भइसकेको बताएका छन्  । राजधानीमा ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले  मुलुकलाई अन्धकारमा राख्ने तर केही सिमित व्यक्ति मोटाउने कुरा स्वीकार हुन नसक्ने बताए । शर्माले भने  “हाल विद्युत् प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोर एक–एक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिदैन।” दश हजार मेगावाट बिजुली अहिले नै स्वदेशमा खपत हुनसक्ने आधार रहेको बताउँदै उनले  विद्युत्...

प्रधानमन्त्री पुष्पकमल दाहाल ​प्रचण्ड, र मेरिससका पुर्व राष्ट्रपतिविच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ​प्रचण्ड, र मेरिससका पुर्व राष्ट्रपतिविच भेट
माघ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ ।मंगलवार बिहान बालुवाटारमा भएको भेटवार्तामा पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सर्हाना गरेका थिए। उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रिय रुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताए । प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्र्तराष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरु प्राप्त उपलब्धी...

आजको बैठकमा चुनावका लागि मधेशी मोर्चालाई कसरी फकाउलान् प्रधानमन्त्रीले

आजको बैठकमा चुनावका लागि मधेशी मोर्चालाई कसरी फकाउलान् प्रधानमन्त्रीले
काठमाडौं, माघ ११ । प्रमुख तीन दलले चुनावको मिति घोषणा गरेर चुनावमा जाने तयारी गरिरहेको बेलामा मधेसी मोर्चाले भने संविधान संशोधन नगरी चुनावको मिति घोषणा नगर्न दबाब दिने भएका छन् । सविधान संशोधनको विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्न मधेशी मोर्चाले सरकारलाई पटक–पटक आग्रह गर्दै आएको छ । तर ती आग्रहकै बीचमा संशोधन पारित नभई चुनावको मिति घोषणा गर्ने समय नजिकिँदै गइरहेको बेला मोर्चाले मंगलबारको बैठकमा सरकारलाई दबाब दिने भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार...

यसकारण भारतसँग यसरी भयो हालै एउटा ‘राष्ट्रघाती’ सम्झौता

यसकारण भारतसँग यसरी भयो हालै एउटा ‘राष्ट्रघाती’ सम्झौता
 ११ माघ–भारतमा हालै भएको दुई देशका पर्यटन तथा नागरिक उड्डयनका उच्च अधिकारीको बैठकमा गरिएको एमओयू (सम्झौता) ‘राष्ट्रघाती’ भएको सरोकारवालाले बताएका छन् । हवाई ट्राफिक तथा नयाँ रुटबारे पुस ५ गते नयाँ दिल्लीमा भएको दुई दिने बैठकपछि गरिएको सम्झौतामा नेपालले तुलनात्मक रुपमा धेरै लाभ उठाउन नसकेको एक पूर्वपर्यटन सचिवले बताए । ‘ नेपालका सहसचिवको नेतृत्वमा गएको टोलीले एयरमार्शललाई ‘बार्गेनिङ्ग प्वाइन्ट’ बनाउदै धेरै लाभ लिन सक्थ्यो,’ उड्डयन क्षेत्रमा लामो समय बिताएका ती पूर्वसचिवले भने, ‘सम्झौतापत्र हेर्दा नेपाली टोलीले समर्पण गरेको...

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा प्रमुख तीन राजनीतिक शक्तिसँग छलफल गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा प्रमुख तीन राजनीतिक शक्तिसँग छलफल गर्दै
काठमाडौं, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग स्थानीय निर्वाचनका विषयमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह ४ बजे हुने संयुक्त छलफलमा स्थानीय निर्वाचन र संसदमा टेबुल भएको संविधान संशोधनका विषयमा परामर्श हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले मधेसी मोर्चालाई छलफलका लागि बोलाउनु भएको छ’, झाले भने, ‘छलफलको विषय भनिएको छैन । संभवत स्थानीय निवार्चन र संशोधन विधेयकमाथिको परिमार्जनमा...

प्रधानन्यायाधीश सुसिला कार्कीले प्रधानमन्त्री प्रचण्ड गुहारिन्

प्रधानन्यायाधीश सुसिला कार्कीले प्रधानमन्त्री प्रचण्ड गुहारिन्
११ माघ, काठमाडौं । उच्च अदालतका न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिलले सुरु गरेको इजलास बहिष्कार आन्दोलन समाप्त हुने कुनै संकेत नदेखिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले हस्तक्षेप गर्न सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहारेकी छन् । सोमबार फुलकोर्टको बैठकमा आफूले प्रधानमन्त्रीसँग भेटेको खुलासा गरेकी प्रधानन्यायाधीश कार्कीले भेटघाटको प्रयोजनबारे कुनै विवरण खुलाइन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । स्रोतका अनुसार प्रधानन्यायाधीश कार्कीले इजलास बहिष्कारमा खुलेरै लागेका महान्यायाधिवक्ता रमन श्रेष्ठलाई सम्झाउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेकी थिइन्...

नेता नारायणकाजी श्रेष्ठको, चर्तिकलाले प्रधानमन्त्री प्रचण्ड हैरान

नेता नारायणकाजी श्रेष्ठको, चर्तिकलाले प्रधानमन्त्री प्रचण्ड हैरान
काठमाडौं, ११ माघ । पुस २८ गते उच्च अदालतमा ८० जना न्यायधीश नियुक्ति भएलगत्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डलाई फोन गरे । ‘न्यायधीशमा मेरा लागि छुट्याएको कोटाको मान्छेको नाम त रहेनछ, कसरी गायब भयो ?, तपाईले भनेको मान्छे हुन्छ भन्ने अनि अहिले सिफारिस नगर्ने, यो कस्तो षड्यन्त्र हो ?’ काजीले फोनबाट प्रचण्डलाई झर्किदै सोधे । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । जवाफमा प्रचण्डले भने, ‘तपाईको मान्छे सिफारिस भएनछ? ल म बुझ्छु,...

सीमावारिपारि लागूपदार्थ तस्करको बिगबिगी, नियन्त्रण हुन सकेन

सीमावारिपारि लागूपदार्थ तस्करको बिगबिगी, नियन्त्रण हुन सकेन
माघ,११ काठमाडौं । नेपालमा प्रतिबन्धित औषधि कोरेक्सको मूल्य सीमावर्ती भरातीय बजार लौकाहमा एक सय २० रुपैयाँ पर्छ । त्यही झोल औषधि लागूपदार्थको रुपमा दुरुपयोग हुन थालेपछि सीमावारि लहानमा ५ सय देखि ८ सयमा खरिद बिक्री हुने गरेको खबर आजको नागरिकमा छ । कोरेक्स तस्करीमा संलग्न गिरोहले लहानका साथै पहाडी भूभाग गाइघाट, कटारीसम्मै पुर्याएर युवालाई दुव्र्यसनी बनाइरहेका छन् । पहाडी जिल्लाबाट गाँजा सिरहा र सप्तरीका नाका हुदै...

प्रधानमन्त्री प्रचण्डलाई सभापति शेरबहादुर देउवाले नै दिए सरकार ढाल्ने चेतावनी

प्रधानमन्त्री प्रचण्डलाई सभापति शेरबहादुर देउवाले नै दिए सरकार ढाल्ने चेतावनी
काठमाडौँ, ११ माघ । स्थानीय तहको निर्वाचन गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति गरी प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि चुनावको मिति तत्काल घोषणा गर्न सत्तारुढ दलबाटै तीव्र दबाब परेको छ । प्रचण्ड सरकारका प्रमुख सत्तासाझेदार दलका सभापति देउवाले जेठमा स्थानीय तहको निर्वाचन गर्न नसके सरकार ढाल्ने चेतावनी दिएको स्रोतको दावी छ । आगामी चैतमा स्थानीय तहको निर्वाचन गरी देउवालाई सरकार हस्तान्तरण गर्ने माओवादी कांग्रेसको सहमति थियो । उक्त सहमति अनुसार प्रचण्ड...

निर्वाचन घोषणा गर्न हम्मे : मोर्चाको दबाबका कारण अप्ठ्यारोमा प्रधानमन्त्री प्रचण्ड

निर्वाचन घोषणा गर्न हम्मे : मोर्चाको दबाबका कारण  अप्ठ्यारोमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं माध् ११  संसद्को राज्यव्यवस्था समितिले निर्वाचनसँग सम्बन्धित दुई विधेयक पारित गरी अन्य विधेयकलाई पनि द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएपछि उत्साहित देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न भने हम्मे परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन मिति घोषणा गर्नुपर्ने विपक्षीको माग र संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने मधेसी मोर्चाको दबाबका कारण दाहाल अप्ठ्यारोमा परेका हुन् । मोर्चाका नेताहरूको समर्थन जुटाउने उपायको खोजी गर्ने क्रममा प्रधानमन्त्री दाहालले सोमबार...