एमालेको अडानका कारण संशोधन बिधेयक पास गराउन नसक्ने भएपछी पछि हट्यो सरकार, संसद बैठक २१ गतेसम्मको लागि स्थगित

एमालेको अडानका कारण संशोधन बिधेयक पास गराउन नसक्ने भएपछी पछि हट्यो सरकार, संसद बैठक २१ गतेसम्मको लागि स्थगित
काठमाडौं, १७ बैशाख । सभामुख ओनसरी घर्तीले संविधान संशोधन प्रस्तावमा छलफल र मतदान हुने भनिएको संसदको बैठक आगामी बिहिबारसम्मका लागि स्थगित गरेकी छन्। पूर्वसांसद नथुनीसिंह दनुवारको मृत्युमा शोक प्रस्ताव पारित गरेपछि सभामुख घर्तीले अब अर्को बैठक २१ गते बस्ने जानकारी संसदलाई गराईन्। आजको संसदको कार्यसूचीमा सरकारको संविधान संशोधन प्रस्तावमाथि दर्ता भएका संशोधन प्रस्तावमा छलफल गर्ने तय थियो। सत्तारूढ दलले संविधान संशोधनक पक्षमा दुई तिहाई पुगेमा आजै मतदानमा लैजाने प्रयत्न गरेका थिए। तर, संशोधनका पक्षमा दुई तिहाई पुगेकोमा सरकार आश्वस्थ हुन नसकेको र...

अन्ततः एमालेको ‘राष्ट्रघाती’ संशोधन बिधेयक बिरुद्दको अडान संग हार खायो कांग्रेस भन्यो- “एमाले बिना अब संविधान संशोधनमा अघि बढ्न सकिन्न”

अन्ततः एमालेको ‘राष्ट्रघाती’ संशोधन बिधेयक बिरुद्दको अडान संग हार खायो कांग्रेस भन्यो- “एमाले बिना अब संविधान संशोधनमा अघि बढ्न सकिन्न”
काठमाडौं, १७ बैशाख । अन्तत : काँग्रेसले एमालेलाई पाखा लगाएर संसोधनमा अघि बढनु गल्ती भएको स्वीकारेको छ । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न हरसम्भव प्रयास गर्ने भएको छ । पार्टी संसदीय दलको आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले एमालेलाई समेत सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय गरेको हो । बैठकले संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेलाई पनि सहमति ल्याएर संविधान संशोधन गर्न सबैभन्दा...

नेपाली काँग्रेसका नेताहरु आक्रोस : चुनाव दायाबाया भए प्रधानमन्त्री प्रचण्डले राजिनामा गर्नुपर्छ

नेपाली काँग्रेसका नेताहरु आक्रोस : चुनाव दायाबाया भए प्रधानमन्त्री प्रचण्डले राजिनामा गर्नुपर्छ
काठमाडौं  बैशाख १७  सत्तासिन प्रमुख दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिनुपर्ने निस्कर्ष निकालेको छ । घोषित मितिमै निर्वाचन कठिन बनेको र चुनाव हुन नसके राजिनामा दिनुपर्ने कांग्रेसको निस्कर्ष छ । आईतबार विहान सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले घोषित मिति अर्थात बैशाख ३१ र जेठ ३१ मै स्थानीय तहको निर्वाचन हुनुपर्ने निस्कर्ष निकालेको हो । बैशाख ३१मा चुनाव नभए अहिले नै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने कांग्रेसको निस्कर्ष रहेको एक नेताले जानकारी दिए । बैठकले संसदमा दर्ता भएको परिमार्जनसहितको...

स्वास्थ्यमन्त्री गगन थापालाई ठुलो झड्का : गल्ती सुधार्न सर्वोच्चले दियो ठाडो आदेश

स्वास्थ्यमन्त्री गगन थापालाई ठुलो झड्का : गल्ती सुधार्न सर्वोच्चले दियो ठाडो आदेश
१७ वैशाख,काठमाडौं। आफु निकट व्यक्तिहरुलाई मनलाग्दी नियुक्त गर्ने स्वास्थ्यमन्त्री गगन थापाको निर्णयलाई सर्वोच्च अदालतले अवैध ठहर गरेको छ । स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३  का नाममा मन्त्रिपरिषद्को गत फागुन १७ गतेको बैठकले ९ वटा निकायमा ३६ जनाको नियुक्ति गरेको थियो ।  सो नियुक्ति विरुद्ध अधिकांश पुराना पदाधिकारी आफूलाई पूर्वाग्रही तरिकाले हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका थिए ।  जसमध्ये अधिकांशको पुर्नबहाली भएपछि गगन थापा निराश भएका छन् ।  नेपाल...

शोक प्रस्ताव पारित गर्दै संसद बैठक २१ गतेसम्मलाई स्थगित,

शोक प्रस्ताव पारित गर्दै संसद बैठक २१ गतेसम्मलाई स्थगित,
काठमाडौं, १७ वैशाख । आज बसेको व्यवस्थापिका संसदको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । नेपाली कांग्रेसका पूर्व सांसद नथुनीसिंह दुनुवार निधनमा आइतबारको संसदले शोक प्रस्ताव पारित गरेको हो । २०४८ सालको निर्वाचनमा सिरहाबाट निर्वाचित ८८ वर्षीय पूर्व सांसद दुनुवारको वैशाख १० गते आइतबार निधन भएको थियो । अर्काे बैठक वैशाख २१ गते दिउँसो ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ । यसअघि आजको बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने चर्चा थियो । संशोधन प्रक्रिया पछि धकेलिएसँगै वैशाख ३१ को स्थानीय...

जब स्वास्थ्य मन्त्रि गगन थापा संसदबाट निस्कँदा गोजीभरि भेटिए यस्ता कुरा,तब परे चकित

जब स्वास्थ्य मन्त्रि गगन थापा संसदबाट निस्कँदा गोजीभरि भेटिए यस्ता कुरा,तब परे चकित
काठमाडौं– बुधबार स्वास्थ्य मन्त्री गगन थापा संसदबाट हतार–हतार निस्कँदै थिए। मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको वार्षिकोत्सवमा पुग्न हतार थियो उनलाई। उनीसँग कुरा गर्ने समय नपाएपछि सांसदहरुले उनलाई कागजका चिर्कटो थमाए। उनले १०–१२ जनाका कागज लिन भ्याए। उनलाई लागेको थियो, सांसदहरुले स्वास्थ्य क्षेत्र सुधारका लागि केही सुझाव दिए होलान्। तर, बाटोमा खोलेर हेर्दा उनले थाहा पाए ती त सबका सब डाक्टरलाई उपत्यका बाहिरबाट काठमाडौँ सरुवा गर्नुपर्ने सिफारिस पो रहेछन्। उनले यो रहस्य खोले, मनमोहनकै वार्षिकोत्सव कार्यक्रममा वक्तव्य दिँदै गर्दा। उनले चिर्कटो...

संसदको बैठक बस्दै, आज संविधान संशोधन विधेयक पेश हुने

संसदको बैठक बस्दै, आज संविधान संशोधन विधेयक पेश हुने
काठमाडौं, १७ वैशाख । व्यवस्थापिका संसदको बैठकमा आज संविधान संशोधनको विधेयकमा छलफल हुने भएको छ । बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनको विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ । मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गारउने उद्देश्यले संविधान संशोधन फाष्ट ट्रयाकबाट गरिने तयारी भएको हो । संविधान संशोधनमा पचास वटा संशोधन विधेयक दर्ता भएका छन् । धेरै संशोधन भएकाले उपसमिति बनाएर जाँदा समय लाग्ने भन्दै नेताहरूले संसद बैठकबाटै टुंगो लगाउने गरेर तयारी गरिएको स्रोतको भनाइ छ ।...

मध्येरातमा सत्तारुढ र मधेसी मोर्चाको संयुक्त संशोधन प्रस्ताव दर्ता , विधेयक पास गराउन सरकारलाई कति मत पुग्दैन ?

मध्येरातमा सत्तारुढ र मधेसी मोर्चाको संयुक्त संशोधन प्रस्ताव दर्ता , विधेयक पास गराउन सरकारलाई कति मत पुग्दैन ?
काठमाडौँ  बैशाख १७  व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा राति अबेरसम्म सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी मोर्चाका नेताबीचको बैठकले संशोधनको विषय टुङ्गो लगाएपछि संशोधन प्रस्ताव दर्ता भएको हो । बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमूख सचेतक चिनकाजी श्रेष्ठले पहिले सरकारले पेस गरेको परिमार्जनअनुरुप केही विषयमा हेरफेर गरेर संशोधन प्रस्ताव लगिएको राससलाई जानकारी दिए । उनका अनुसार...

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै, काठमाडौंको मेयर र उपमेयरको टुंगो लगाउने

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै, काठमाडौंको मेयर र उपमेयरको टुंगो लगाउने
वैशाख १७ । प्रमुख प्रतिपक्षी दल एमालेले घोषणा पत्र आज सार्वजनि गर्दै छ ।   त्यस्तै आजै काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको टुङ्गो लगाउने भएको छ । शनिबार बसेको नेकपा (एमाले)को स्थायी कमिटीको बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारका बारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मतरुपमा सबै उम्मेदवार निर्णय भइसकेको छ...

संशोधन प्रस्तावमाथि आजै छलफल हुने : पक्ष-विपक्षमा दलहरूको समीकरण यस्तो छ

संशोधन प्रस्तावमाथि आजै छलफल हुने : पक्ष-विपक्षमा दलहरूको समीकरण यस्तो छ
काठमाडौं बैशाख १७  सरकारले फास्ट ट्र्याकबाट पारित गराउने प्रयास गरिरहेको संविधान संशोधन विधेयकमा सत्ता गठबन्धन र मधेसी मोर्चाका पाँच सांसदको संयुक्त, एमालेका करिब तीन दर्जन, नेमकिपा र मालेका सबै सांसद र साना दलका सांसदले छुट्टाछुट्टै ५० वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । संसद्को विधेयक शाखामा संशोधनको समय शनिबार राति साढे दस बजेसम्म यो संख्यामा प्रस्ताव दर्ता गरिएको हो । शनिबार रातिसम्म दर्ता भएका ५० वटा संशोधन प्रस्तावको आइतबार बिहान एकीकृत प्रस्ताव बनाएर एकैसाथ छलफल...