प्रचण्डसंग बाबुरामको माग, “सर्वपक्षिय सरकारमा नयाँ शक्तिलाई पनि सहभागि गराउ”

प्रचण्डसंग बाबुरामको माग, “सर्वपक्षिय सरकारमा नयाँ शक्तिलाई पनि सहभागि गराउ”
काठमाडौं  फाल्गुन ११  नयाँ शक्ति पार्टी नेपालले चुनाव नगर्नका लागि सरकारले मिति घोषणा गरेको दाबी गरेको छ । यदी चुनाव गराउने हो भने सर्वपक्षिय सरकार गठन गर्नुपर्ने बताएको छ । नयाँ शक्ति नेपालको विशेष राजनीतिक समितिको बुधवार बसेको बैठकले एक वर्षभित्र हुनुपर्ने तीन तहकै चुनावका लाथि आफू तयार रहेको बताएको छ । तर त्यसका लागि सर्वपक्षिय सरकार आवश्यक रहेको औंल्याएको छ । संविधानको सर्वस्वीकार्यताका लागि संशोधन र यसको कार्यान्वयनका लागि संविधानले तोकेको ०७४ माघ ७ भित्र...

कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा म्यानपावरवालीको लफडा

कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा म्यानपावरवालीको लफडा
काठमाडौं, एकाबिहानै कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा म्यानपावरवालीको लफडा चल्यो । सोमबार दिउँसोको दोस्रो क्याबिनेट बैठकले चौध देशका लागि राजदूत सिफारिस गर्ने क्रममा पार्टी कोटामा परेकी म्यानपावर व्यवसायी आशा लामाको विषयलाई लिएर कांग्रेससम्बद्ध लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष प्रज्ञान न्यौपानेहरु हिजो बिहान देउवासँग पड्किएका हुन् । ...

‘नेपालमाथि भारतको गिद्दे नजर” अझैपनि रहेको नारायणकाजिको खुलासा: ‘नेपालको आन्तरिक मामलामा चासो नराख्न भनेपछि मोदिका नजिकका भाजपा नेताले ७ मिनेटमै आफ्नो निवास बाट यसो भन्दै निकाले नारायणकाजीलाई

‘नेपालमाथि भारतको गिद्दे नजर” अझैपनि रहेको नारायणकाजिको खुलासा: ‘नेपालको आन्तरिक मामलामा चासो नराख्न भनेपछि मोदिका नजिकका भाजपा नेताले ७ मिनेटमै आफ्नो निवास बाट यसो भन्दै निकाले नारायणकाजीलाई
११ फागुन । साताव्यापी भारत भ्रमणका क्रममा विभिन्न नेताहरुसँग भेटघाट गरेर फर्किएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले कटु अनुभव सुनाए, ‘भारतीय सत्ताधारी वर्गको मानसिकता बदलिएको छैन ।’ आखिर नारायणकाजी श्रेष्ठलाई के घटनाले यस्तो बनायो त ? यसपटक उनी पार्टीको जनसंगठनको कार्यक्रममा भाग लिनका लागि दिल्ली पुगेका थिए । र, त्यही क्रममा उनले भारतीय नेताहरुसँग भेटघाट पनि मिलाएका थिए । भ्रमणका क्रममा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले दुईवटा काम...

जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउ

जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउ
जनकपुधाम : मधेसी मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउमा परेका छन् । मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई बुधबार एमाले नेता रघुवीर महासेठको घरमा बसेको बेला मोर्चाका नेता कार्यकर्ताहरुले घेराउ गरेका छन्। सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहका अनुसार मोर्चाका नेता कार्यकर्ता शान्तिपूर्ण रुपमा नगरक्षेत्रमा मोटरसाइकल र्याली निकाल्ने सहभागी हुँदा एमाले कार्यकर्ताले अवरोध गरेपछि झडप भएको हो। जनकपुरको ब्रह्मपुरीस्थित महासेठको घर अगाडिबाट...

​मोरङमा देखियो बन्दको प्रभाव

​मोरङमा देखियो बन्दको प्रभाव
११ फागुन,विराटनगर। मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ । बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूट रुपका कुदिरहेका देखिन्छन् ।   सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।  मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा आज बन्दको आह्वान गरेको...

सुरक्षा चुनौती थपिरहेको भन्दै सजग रहन सेनाको निर्देशन –

सुरक्षा चुनौती थपिरहेको भन्दै सजग रहन सेनाको निर्देशन –
११ फागुन, काठमाडौ । नेपाली सेनाले अस्थीर राजनीतिका कारण केही विखण्डनकारी समुहका गतिविधिहरुले समग्र मुलुकको सुरक्षा अवस्था कमजोर भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। नेपाली सेनाले विशेष गरी तराइ मधेशमा सक्रिय केही अतिवादी समुहले मुलुकको समग्र सुरक्षा अवस्थालाई नै चुनौती दिइरहेको र उक्त समुहलाई अमुक राजनीतिक दलहरुले अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । जंगी अड्डामा मंगलबार आयोजित पृतनापति समन्वयात्मक वैठकमा उपत्यकासहित पाँचवटै पृतनापतिहरुले आ आफनो क्षेत्रको रिपोटिङ गरेका थिए। बैठकमा...

निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा राजविराजमा प्रदर्शन

निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा राजविराजमा प्रदर्शन
राजविराज, ११ फागुन । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको मोर्चाको मसाल जुलुसमा सरकारविरुद्ध नाराबाजी गर्दै आफूहरुको माग सम्बोधन नहुन्जेलसम्म कुनै पनि निर्वाचन हुन नदिने भन्दै राजविराजका विभिन्न भागको परिक्रमा गर्दे स्थानीय जनआन्दोलन चोकमा गएर सम्पन्न भएको थियो । सरकारले घोषणा गरेको निर्वाचनको विरोधमा उत्रिएको संयुक्त लोकतान्त्रिक...

आठवर्षका बालकदेखि वृद्धसम्म होमिए आगोमा, परम्परा जोगाउन

आठवर्षका बालकदेखि वृद्धसम्म होमिए आगोमा, परम्परा जोगाउन
भक्तपुर, ११ फागुन । आठवर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका ६५ घर राउत परिवारले सावित गरेका छन् । कुल देवताका रुपमा यहाँका वशिष्ठ गोत्रका राउत परिवारले मान्दै आएका विन्ध्यवासिनी, बाह्रभान्जा र सहिक्षेत्रपालका नयाँ डाङ्ग्रे तयार गर्न दुई महिनादेखि गुरुको तान्त्रिक विद्यामार्फत गरिएको प्रयास सफल भएपछि विधिअनुसार मंगलबार आगोमा नचाएर खलि खुवाउने कार्य सम्पन्न गरिएको हो । ...

राप्रपा केन्द्रीय सदस्यको मतगणना सम्पन्न, नायिका रेखा थापादेखी कोमल वली विजयी

राप्रपा केन्द्रीय सदस्यको मतगणना सम्पन्न, नायिका रेखा थापादेखी कोमल वली विजयी
काठमाडौँ, फागुन ११। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित हुनुभएको छ । त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम...

सर्वदलीय बैठकमै शेरबहादुर देउवा र केपी ओलीबीच यस्तो चर्काचर्की

सर्वदलीय बैठकमै शेरबहादुर देउवा र केपी ओलीबीच यस्तो चर्काचर्की
बैठक प्रारम्भ गर्दै प्रधानमन्त्रीले स्थानीय तह निर्वाचनको मिति घोषणाका विषयमा जानकारी गराएका थिए । सरकारले घोषणा गरेको चुनावको मिति, संसद्मा रहेको संविधान संशोधन विधेयक र स्थानीय तहको संख्याका विषयमा छलफल गरी निष्कर्षमा पुग्न सर्वदलीय बैठक आह्वान गरेको उनले बताए । केही ढिला पुगेका एमाले अध्यक्ष ओलीले बोल्न थालेपछि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बीच–बीचमा धारणा राखेका थिए । ओलीले संशोधन प्रस्ताव आफ्नो पार्टीले कुनै हालतमा अगाडि बढाउन नदिने धारणा राखेपछि देउवा झर्किएका थिए । ओलीतिर फर्किंदै देउवाले...