“एमालेमुक्त मधेस” बनाउछौ भन्ने मधेसीमोर्चाको खुल्यो चेत, प्रचण्ड-देउवा धोकेवाज भएको भन्दै एमाले नै ठिक भएको मोर्चाको निष्कर्ष

“एमालेमुक्त मधेस” बनाउछौ भन्ने मधेसीमोर्चाको खुल्यो चेत, प्रचण्ड-देउवा धोकेवाज भएको भन्दै एमाले नै ठिक भएको मोर्चाको निष्कर्ष
देशलाई एमाले बिहिन बनाउन भन्दै प्रचण्डको पछाडि लागेका मधेसी नेताहरुले प्रचण्डबाट गभ्भीर धोखा पाएको निष्कर्षमा पुगेका छन । उनीहरुले मधेशका मुद्धामा माओवादी,कांग्रेस नभई  एमाले प्रष्ट भएको निष्कर्ष निकालेका छन । प्रचण्ड र देउवाको बोलीलाई पत्याउने आधार अब पूर्ण रुपमा सकिएको निष्कर्षमा मधेसी नेताहरु पुगेका छन । पहिला संविधान संशोधन गर्न ललिपप बाढेर अन्तमा आफूहरुलाई थाङ्नामा सुताइएको प्रति मधेशका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग आक्रोश पोखेका हुन । हिजो राती बालुवाटारमा सम्पन्न बैठकबाट उनीहरु यो निष्कर्षमा पुगेका हुन ।...

गृहमन्त्री विमलेन्द्र निधिलाई नेपाली सेनाले देखायो उनको हैसियत , सेनाको ठाडो जवाफ पछि निधि कार्यकम छोडेर हिडे

गृहमन्त्री विमलेन्द्र निधिलाई नेपाली सेनाले देखायो उनको हैसियत , सेनाको ठाडो जवाफ पछि निधि कार्यकम छोडेर हिडे
काठमाडौं, ९ फागुन । ६७ औं प्रजातन्त्र दिवसका अवसरमा सैनिकमञ्ज दुलहीझैं सिँगारिएको थियो। एक साताअघिदेखि सुरक्षा संगठनले कवाजको तयारी गरे। तामझामका साथ कार्यक्रम आयोजना गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आफैंले चासो राखे। प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मूल समारोह समिति गठन गरियो। समारोहका सदस्यसचिव नै गृहसचिव तोकिए। गृह मन्त्रालयका सबै अधिकारी प्रजातन्त्र दिवस भव्य र सफल बनाउन लागिपरे। प्रजातन्त्र दिवस देशभर मनाउन गृह मन्त्रालयले माघ २६ गते ७५ जिल्ला प्रशासनमा ‘अत्यन्त जरुरी’ भन्दै परिपत्रसमेत...

मोर्चालाई मनाउन भोलीदेखी संविधान संशोधन प्रक्रिया सुरु गर्ने मन्त्रीपरिषद्को निर्णय, निर्वाचनको मिति घोषणा अन्यौलमा

मोर्चालाई मनाउन भोलीदेखी संविधान संशोधन प्रक्रिया सुरु गर्ने मन्त्रीपरिषद्को निर्णय, निर्वाचनको मिति घोषणा अन्यौलमा
९ फागुन । संविधान संशोधन विधेयकलाई थाती राखेर निर्वाचनको तयारी गरिरहेकोमा असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चालाई मनाउन सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउने टुंगो गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मङ्गलबारदेखि सुरु हुने संसद्मा संशोधन प्रस्तावलाई अघि बढाउने निर्णय गरेको हो । ‘भोलिदेखि सदनमा संशोधन प्रक्रिया अघि बढाइनेछ, मधेसी, थारु, जनजाति लगायतका मागलाई सम्बोधन गर्न तदारुकताका साथ अघि बढ्ने काम हुन्छ’ सरकारका प्रवक्तासमेत रहेका...

मधेस झर्यो युवा संघ देशलाई बर्वाद पार्ने विखण्डनकारीलाइ पाखा लगाइने

मधेस झर्यो युवा संघ देशलाई बर्वाद पार्ने विखण्डनकारीलाइ पाखा लगाइने
सिरहा, ९ फागुन । मातृ पार्टी एमालेले गर्न लागेको मेची–महाकाली अभियानलाई सफल पार्न युवा संघ नेपाल तराई झरेको छ । ‘मेचीकाली अभियान राष्ट्रघातिहरुको अवसानको रुपमा रहने छ । पहाडले तराई मधेशलाई हेपेको नभई पहाड र हिमालको संस्कृति तराई मधेशको संस्कृतिबाट नै प्रभावित छ । नेपालको मुख्य संस्कृतिको उद्गगम थलो मधेश नै हो,’ उनले भने– ‘त्यसकारण नेपालको मेरुदण्ड भनेको मधेश हो । विखण्डनको कुरा गर्ने सीके राउतलाई यस अभियानले...

मुलुकको शिर झुक्नेगरी कुनै पनि निर्णय गर्दिन निर्वाचनको मिति आजै घोषणा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मुलुकको शिर झुक्नेगरी कुनै पनि निर्णय गर्दिन निर्वाचनको मिति आजै घोषणा हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ  फागुन ९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को १३ औँ वार्षिक साधारणसभालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै उनले भने —संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको छ । प्रधानमन्त्री प्रचण्डले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको बताए । मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय...

लोहनी पछि हटेपनि प्रदीपविक्रम राणासँग भिड्दै कमल थापा, राप्रपाको आज मतदान

लोहनी पछि हटेपनि प्रदीपविक्रम राणासँग भिड्दै कमल थापा, राप्रपाको आज मतदान
काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । अध्यक्षमा दावी गरिरहेका डा. प्रकाशचन्द्र लोहनीले अन्तिममा उम्मेदवारी फिर्ता लिए पनि अध्यक्षमा थापा विरुद्ध प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ का अध्यक्ष प्रदीपविक्रम राणाले आइतबार दिउँसो सवा २ बजे अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष थापाले साँढे ३ बजे उम्मेदवारी दर्ता गराएका थिए । राणालाई उम्मेदवारी फिर्ताका लागि मनाउन प्रयास भने भइरहेको छ । तीन हजार दुई सय...

यस्तो छ विखण्डनकारी सिके राउत – महन्थ ठाकुरको कनेक्सन

यस्तो छ विखण्डनकारी सिके राउत – महन्थ ठाकुरको कनेक्सन
९ फागुन,काठमाडौं। स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत जनकपुरधामबाट पछिल्लो समय पक्राउ परेपछि अहिले प्रहरी हिरासतमै बस्दै आएका छन् । अर्कातर्फ संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले पनि राउतको रिहाइको माग गर्दै आएको छ । देश टुक्रयाउने माग राखेका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो । प्राप्त तथ्यअनुसार पहिलो मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झना प्रत्येक बर्ष माघ ७ गते बलिदानी दिवस मनाइदै आएको छ । उक्त अवसरमा राउतले लाहानमा शक्ति प्रदर्शन गरेका थिए । राउतको...

आज निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी,बैशाख ३० वा ३१ मा निर्वाचन गर्ने

आज निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी,बैशाख ३० वा ३१ मा निर्वाचन गर्ने
९,फागुन,काठमाडौं ।  सरकारले स्थानिय निकाय पुनःसंरचना प्रतिवेदन संसोधन गर्दै आज (सोमबार) निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सत्ता साझेदार काग्रेस र विपक्षि दल एमालेको चर्को दबाबमा परेको पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले आज  स्थानिय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सत्ता साझेदार कांग्रेसले वैशाखभित्रै निर्वाचन हुने गरी मिति घोषणा नगरे सरकार छोड्ने चेतावनी दिएपछि सरकार मिति घोषणाको तयारीमा लागेको हो । आइतबार सत्तासाझेदार काग्रेस सभापति...

जाजरकोटको स्याउलीबजारमा बोल्दै भीम रावलले भने, ‘सरकारको औचित्य समाप्त भयो, विकल्प खोज्नुपर्छ’

जाजरकोटको स्याउलीबजारमा बोल्दै भीम रावलले भने, ‘सरकारको औचित्य समाप्त भयो, विकल्प खोज्नुपर्छ’
९ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारको औचित्य सकिएको टिप्पणी गरेका छन् । जाजरकोटको स्याउलीबजारमा हिजो आयोजित जनसभामालाई सम्बोधन गर्दै नेता रावलले भने, ‘यो सरकारका औचित्य समाप्त भयो । यसले मुलुकलाई कुनै निकास दिन सकेन । अब यसको विकल्प खोजेर भए पनि निर्वाचनमा जानुपर्छ ।’ ...

सरकारले भोलि(सोमबार) गर्ने भयो चुनाव घोषणा, चुनाव घोषणा लगत्तै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

सरकारले भोलि(सोमबार) गर्ने भयो चुनाव घोषणा, चुनाव घोषणा लगत्तै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं, ८ फागुण । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले भोलि नै निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस–माओवादी केन्द्रको बैठकले भोलि बस्ने मन्त्रिपरिषदको बैठकले नै निर्वाचनको मिति घोषणा गर्ने जनाएका हुन् । उनले भने, ‘चुनावको लागि सबै प्रक्रिया पूरा भैसक्यो, यसको लागि निर्वाचन आयोग र सूरक्षा निकायका प्रमुखहरुसँग कुरा गरेर जेठको पहिलो हप्ता गर्नेगरि...