चिनिया जनमुक्ति सेनाको टोली नेपालमा ,नेपाली सेनालाई सैन्य सामाग्री दिने तयारी

चिनिया जनमुक्ति सेनाको टोली नेपालमा ,नेपाली सेनालाई सैन्य सामाग्री दिने तयारी
९ माघ, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको टोलीयतिबेला नेपालमा उच्चस्तरीय भेटवार्तामा व्यस्त छ । आगामी  महिना नेपाल चीन पहिलो संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला चिनिया टोली नेपाल आएको हो ।  चिनियाँ जनमुक्ति सेनाले मेजेर जनरलको नेतृत्वमा टोली पठाएको हो । दुई महिना अघि वरिष्ठ कर्णेल नेतृत्वमा चिनियाँ सेनाको टोली नेपाल आएको थियो । तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका मेजर जनरल ली उु चुन नेतृत्वको...

एउटी श्रीमती आमाभन्दा जेठी, अर्की भने छोरीभन्दा कान्छी, यी बुढालाई परिवारको चिन्ता

एउटी श्रीमती आमाभन्दा जेठी, अर्की भने छोरीभन्दा कान्छी, यी बुढालाई परिवारको चिन्ता
रोल्पा, माघ ९ । सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुगे । खत्रीले जीवनमा दुईवटा विवाह गरे । तर दुवै अनमेल विवाह थियो । ...

प्रधानमन्त्री प्रचण्डलाई अर्को झट्काः माओवादीका केन्द्रका केन्द्रीय नेता एमालेमा प्रवेश,ओलीले गरे भब्य स्वागत

प्रधानमन्त्री प्रचण्डलाई अर्को झट्काः माओवादीका केन्द्रका केन्द्रीय नेता एमालेमा प्रवेश,ओलीले गरे भब्य स्वागत
काठमाडौं, ९ पुस । नेकपा (माओवादी) केन्द्रका आयोजक समिति सदस्य राजकुमार कक्षपति नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजित सुखानी शहादत फिल्म प्रदर्शनी तथा पार्टी प्रवेश कार्यक्रममा नेता कक्षपतिसहित कांग्रेस, माओवादी, जनमोर्चा लगायत पार्टीबाट दर्जनौं व्यक्ति प्रवेश गरेको सचिव प्रदीप ज्ञवालीले बताए । नवप्रवेशीहरुलाई अध्यक्ष ओलीले टिका लगाएर पार्टीमा भित्र्याएका थिए । उनीहरुलाई उचित जिम्मेवारी दिइने...

मधेशबाट एमालेलाई लखेट्छौं भन्नेहरुलाई ओलीको जवाफ –‘मधेशका सभाहलमा हैन, राजमार्गमै हामी शक्ति देखाउँछौं’

मधेशबाट एमालेलाई लखेट्छौं भन्नेहरुलाई ओलीको जवाफ –‘मधेशका सभाहलमा हैन, राजमार्गमै हामी शक्ति देखाउँछौं’
काठमाडौं, ९ माघ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा मधेस जनपरिचालन अभियान चलाएर मधेसका राजमार्गहरुमा शक्ति देखाउने बताएका छन् । एमाले केन्द्रीय मोर्चा संगठनको बैठकलाई सम्बोधन गर्दै ओलीले सभाहलमा एमाले नहट्ने भएकाले चौडाई नपुगेपछि लामो हुने भएकाले शक्ति प्रदर्शनका लागि राजमार्गलाई रोजेको उनले बताए । अब एमालेका कार्यक्रमको तस्वीर स्याटलाइटबाट मात्र खिच्न सकिने उनले दोहोर्‍याए । ओलीले जो सुकै तर्सिए पनि एमालेले आफ्नो शक्ति देखाइछाड्ने बताएका...

तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेलाई विप्लवले गरे सम्मान

तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेलाई विप्लवले गरे सम्मान
माघ–९ । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेहरुलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीलेसम्मान गरेको छ । ठूला भ्रष्टलाई कारबाहीको सुरुवात गरेको उल्लेख गर्दै माओवादीले चन्द्रबहादुर बुढा, प्रकाश शाही र विपेन्द्र गौतमलाई सम्मान गरेको हो । बुढा, शाही र गौतमले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई गत पुस ७ गते सर्वोच्च अदालतको परिसरमै कालोमोसो दलेका थिए । उनीहरु चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन् । कार्यक्रममा पार्टीका महासचिव चन्दले भ्रष्टलाई कारबाही गरेकोले सम्मान गरिएको स्पष्ट पारे । उनले...

प्रहरीको अपराध महाशाखा लाइ अर्को सफलता: बिद्युत चुहावट र लोडसेडिङ गराउन मद्दत गर्ने प्राधिकरणका १४ कर्मचारी पक्राउ

प्रहरीको अपराध महाशाखा लाइ अर्को सफलता: बिद्युत चुहावट र लोडसेडिङ गराउन मद्दत गर्ने प्राधिकरणका १४ कर्मचारी पक्राउ
काठमाडौं, ९ माघ - प्रहरीको अपराध महाशाखाले विद्युत चोरी गर्ने १४ जना कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ९ जना बहालवाला र ६ जना भूतपूर्व कर्मचारीलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार विद्युतको मिटर विगारेर चुहावट गरेको र व्यापारीसँग मिलेरलोडसेडिङ गराउन मद्दत गरेको अरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आइतवार प्रक्राउ परेकोमा विद्युत प्राधिकरणका सुपरभाइजर तलबहादुर कार्की, सुमन श्रेष्ठ लगायतका कर्मचारी रहेका छन् ।...

अध्यक्ष केपी शर्मा ओलीले कड्किएर सोधे ‘किन चाहियो अहिले पुरक बजेट ?’

अध्यक्ष केपी शर्मा ओलीले कड्किएर सोधे ‘किन चाहियो अहिले पुरक बजेट ?’
पोखरा  माघ ९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरक बजेट ल्याउने सरकारको तयारीप्रति आपत्ती जनाएका छन् । पार्टीको मोर्चा संगठनले पोखरामा गरेको कार्यकर्ता भेलामा अध्यक्ष ओली अहिले पुरक बजेटको आवश्यकता नभएपनि सरकारले गलत ढंगले बैकल्पिक बजेटको हल्ला चलाएको आरोप लगाए । उनले भने ‘पुरक बजेट किन चाहियो ? के आयोजनाहरु बजेट पुगेन ? अझ बैकल्पिक बजेटको कुरा गरिदैछ । यो अत्यन्त आपत्तीजनक छ ।’ ...

प्रधानमन्त्री प्रचन्डलाइ आइपर्यो फेरी अर्को ठोलो आपत : सुकुम्बासीले घेरे माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा

प्रधानमन्त्री प्रचन्डलाइ आइपर्यो फेरी अर्को ठोलो आपत : सुकुम्बासीले घेरे माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा
९,माघ,काठमाडौं  । काठमाडौंको मनोहरा खोला छेउँमा बस्दै आएका सुकुम्बासीहरुले नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा घेराउ गरेका छन् । महिला, बालबालिकासहित मनोहराका सबै सुकुम्बासी सहभागी ठूलो समूहले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । सैंयौंको संख्यामा आएका सुकुम्बासीहरुले आफूहरुलाई बसिरहेकै ठाउँमा बसोबासको ब्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।  सुकुम्बासीहरुलाई ब्यवस्था नगरीकन सरकारले जग्गा एकीकरण आयोजना अघि सारेर सुकुम्बासीहरुलाई लखेट्न खोजेको उनीहरुको आरोप छ । सुकुम्बासीलाई डोजर लगाएर हाउजिङ बनाउन लागिएको भन्दै उनीहरुले सरकारको...

सरकारी वकिलद्वारा देशभरका अदालतमा इजलास बहिष्कार, सेवा प्रभावित

सरकारी वकिलद्वारा देशभरका अदालतमा इजलास बहिष्कार, सेवा प्रभावित
काठमाडौं, ९ माघ । उच्च अदालतका न्यायाधीशको नियुक्तीमा असन्तुष्टि जनाउँदै देशभरका सरकारी वकिलले आइतबारदेखि इजलास वहिष्कार गरेका छन् । र, यो निर्णयसँगै देशभरका अदालतको काम कारवाही प्रभावित भएको छ । न्यायाधीश नियुक्तीमा सरकारी वकिलको उपस्थिति कम भएको तथा वरिष्ठ अधिवक्ताको अपमान भएको भन्दै वकिलहरूले बेन्च बहिष्कारको घोषणा गरेका हुन् । सरकारी वकिलहरूले न्याय परिषदले गरेको न्यायाधीशहरूको नियुक्ती त्रुटीपूर्ण रहेको भन्दै सच्याउन माग गर्दै आएका छन् । यसअघि...

प्रधानमन्त्री प्रचण्ड र बाबुरामलाई बिप्लवले दिए डरलाग्दो चेतावनी : युद्धका लागि तयार रहन कार्यकर्तालाई निर्देशन

प्रधानमन्त्री प्रचण्ड र बाबुरामलाई बिप्लवले दिए डरलाग्दो चेतावनी : युद्धका लागि तयार रहन कार्यकर्तालाई  निर्देशन
९,माघ,काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीले जित्ने गरी लड्ने तयारी गरेको र त्यसै अनुसार खट्न कार्यक्षेत्रमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् । पेरिस कम्युनदेखि सोभियत समाजवाद हुदै चिनियाँ क्रान्तिसम्म आउँदा ठूला ठूला उपलव्धि भए पनि फेरि पराजित हुनुको कारणको राम्रोसँग अध्ययन गर्नु पर्ने भन्दै अब नयाँ तरिकाबाट लड्ने र विजय हासील गर्ने बताए ।  आफ्नो पार्टी निकट जनवर्गीय संगठनहरुका कार्यकर्तालाई शनिबार राजधानीमा प्रशिक्षण दिदै विप्लवले...