दक्षिण एसियाली महिला फुटबल : भारतसंग बदला लिन आज नेपाललाई स्वर्णिम अवसर

पुस, काठमाडौं । दक्षिण एसियाली महिला फुटबल अन्तर्गत सेमिफाइनलमा आज नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतविरुद्ध त्यो पनि उसकै मैदानमा खेल्दै छ । यस अघि साफ च्यम्पियनसीपको फाइनलमा मात्र भारतसँग भेट पक्का गर्ने र हार्ने पीडा भोग्दै आएको नेपाली टिम आज दिउसो दुई बजे भारतविरुद्ध खेल्दा भने सेमिफाइनल खेल नै फाइनल जस्तै हुनेछ । सेमिफाइनल जित्ने टोली सम्भवतः विजेता बन्न सक्नेछन् । प्रतियोगितामा मुख्य दाबेदार टोली नै यी दुई हुन् । तर, आजको खेल नेपालका लागि सहज भने छैन । 

किनकी भारतविरुद्ध नेपाल यस अघिका ६ वर्षमा ५ पटक विभिन्न प्रतियोगिताको फाइनल खेल्दै पराजित भइसकेको छ । यस्तोमा आजको खेल पनि नेपालका लागि फाइनलभन्दा कम छैन । ७ खेल खेल्दा ५ खेला गुमाएको नेपालको अहिलेसम्मको भारतविरुद्धको सुधारिएको प्रदर्शन भन्नु नै एक खेलमा गोलरहित बराबरी खेल्नु हो । त्योबाहेक भारतविरुद्ध जित हार्न नसक्दा नेपाली टोलीमाथि दबाब पनि छ। ।

यसमा तपाईको प्रतिक्रिया