फिफा बेस्ट प्लेयर अवार्ड जिते पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले

the-best-fifa-football-awards
२६ पुस, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखि सुरु गरेको फिफा बेस्ट प्लेयर अवार्ड स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । जुरिचमा आयोजित समारोहमा ३१ बर्षीय रोनाल्डोले बेस्ट प्लेयरको अवार्ड हात पार्ने क्रममा बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लिओनल मेस्सी र एथ्लेटिको मड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोइन ग्रिजम्यानलाई पछि पारे ।

रोनाल्डोले एक महिनाअघि फ्रान्स फुटबलले प्रदान गर्ने बेलोन डि’ओरको उपाधि पनि जितेका थिए । दुवै अवार्ड रियल मड्रिडका लागि युरोपियन च्याम्पियन्स लिग र पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएवापत प्रदान गरिएको हो ।

फिफामा आवद्ध मुलुकका राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षक, फिफाले छनोट गरेका पत्रकार र पहिलो पटक अनलाइन फ्यान पोलमार्फत बिजेता छनोट गरिएको हो । चार प्रकारका मतले २५÷२५ प्रतिशत स्थान दिइएको थियो । रोनाल्डोले जम्मा मतको ३४.५४ प्रतिशत पाएका थिए भने मेस्सीले २६.४२ र ग्रिजम्यानले ७.५३ प्रतिशत मत पाएका थिए । फिफाले सन् १९५६ देखि फ्रान्स फुटबल एशोसियसनको सहकार्यमा उत्कृष्ट बर्ष खेलाडी अवार्ड प्रदान गर्दै आएको थियो ।

गएको ६ बर्षदेखि बेलोन डि’ओरको नामबाट यो अवार्ड प्रदान गरिँदैआएको थियो । फिफामा गत बर्ष जियानी इन्फान्तिन्हो अध्यक्षमा निर्वाचित भएपछि बर्ष खेलाडी अवार्डमा फ्रान्ससँगको सहकार्य रद्ध गर्ने घोषणा गरेका थिए । त्यसैले फिफाको पहिलो बेष्ट प्लेयर अवार्डको पहिलो सस्करण रोनाल्डोले पाएका हुन् । उनले यसअघि चार बेलोन डि’ओर अवार्ड पाइसकेका छन् । 

यसमा तपाईको प्रतिक्रिया