फेरी ताते इजरायलबासी फुटबलप्रेमीहरु: सेभेन स्टार फुटबल क्लबको आयोजनामा आगामी हप्ता ‘नयाँबर्ष २०१७ कप’ हुदै(भिडियो, खेल तालिका सहित)

7star-clubइजरायल । “नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागी फुटवल” भन्ने मुल नाराका साथ इजरायलमा हुन गइरहेको फुटवल प्रतियोगिताको आयोजक सेभेन स्टार फुटवल टिम इजरायलले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर खेलको सम्पूर्णकुराको जानकारी गराएको छ |

इजरायलमा रहेका नेपाली र नेपाली भाषीहरु बिच आपसी सद्भभाव, भाईचारा बिकास गर्ने मुख्य उदेश्यले खेलको आयोजना गर्न लागेको आयोजकले बताएको छ | अंग्रेजी नयॉं वर्ष २०१७ कपको नामले हुन लागेको प्रतियोगिता यहि जनवरी १३/१४ तारीक इजरायलको रमतअबिव मिनि स्टडियमा हुने भएकोछ ।

आज भएको पत्रकार सम्मेलनमा खेलको नियम, खेल तालिका, समय, आयोजक, प्रायोजक तथा अन्य सबैकुराको जानकारी आयोजकले गराएको छ | त्यस्तै आयोजक सेभेन स्टार फुटवल टिमलाई प्रायोजक गरेको हाम्रो दमक डटकमले एनआरएन इजरायलका अध्यक्ष दिपक ओलीको हातबाट प्रतियोगिताको खेल जर्सी पनि हस्तान्तरण गर्दै सार्वजनिक गरेको छ |

इजरायलमा रहेका अधिकतम पत्रकारहरु, खेलप्रेमी तथा यस पटकको प्रतियोगितामा भाग लिएका फुटवल टिमका प्रतिनिधि तथा खेलाडीहरुको बीचमा आयोजकले खेल तालिका पनि बाहिर निकालेको छ | जस अन्तर्गत सबैको सहमतिमा गोलाप्रथाबाट खेल तालिका तयार गरिएको थियो | जम्मा ८ वटा फुटवल टिमले सहभागी जनाउने यो पल्टको प्रतियोगितामा समूह ए (A) मा माम्स, एनआरएन इजरायल, सेभेन स्टार निलो र कायापटल परेका छन् भने समूह बि (B) मा शेर्पा समाज, किरात याकथुङ चुमलुङ (KYC), फ्रेन्ड्स क्लव र सेभेन स्टार रातो परेकाका छन् |

जनवरी १३ मा हुने प्रतियोगिताको पहिलो खेल समूह ए (A) अन्तर्गत माम्स Vs एनआरएन इजरायल बीचहुने छ भने क्रमस दोश्रो: किरात याकथुङ चुमलुङ (KYC) Vs सेभेन स्टार रातो, तेस्रो: सेभेन स्टार निलो Vs कायापटल साथै चौथो तथा अन्तिम: फ्रेन्ड्स Vs शेर्पा समाज बीच पहिलो चरणका प्रतियोगिताहरु हुने भएका छन् | 

बिगतमा इजरायलमा भएका प्रतियोगिताहरु भन्दा निक्कै फरक र पहिलो पल्ट ग्रास ग्राउण स्टेडियममा हुन गईरहेकोले इजरायलमा रहनु भएका सम्पुर्ण खेल प्रेमी, पत्रकार, विभिन्न संघ संस्थाहरुलाई उपस्थित भई खेललाई भब्य बनाउन सहयोग गर्न पनि आयोजकले हार्दिक अनुरोध गरेकोछ साथै खेलाडी र खेलप्रेमीहरुको असुविधालाई मध्यनजर गर्दै तेलअबिवको लेवेन्सि पार्कबाट प्रतियोगिता स्थल सम्म जानकोलागी यातायातको ब्यवस्था पनि गरिएको आयोजक टिमका संयोजक सुन्दर नेपालले पत्रकार सम्मेलनमा बताउनु भएकोछ ।



Loading...

यसमा तपाईको प्रतिक्रिया