बार्सिलोनाका फ्यानलाई अर्को झड्का, भिल्ला रियलसंग बराबरीमा रोकिएपछी १ खेल कम खेलेको रियल म्याड्रिड संग ५ अंकले पछी

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना १० खेलाडीमा सीमित भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो ।
भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सीले अन्तिम समयमा गोल गरेपछि  बार्सिलोनाले घरेलु टोलिसंग बराबरी खेलेको हो । प्रतिस्प्रधात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सुरुवाति अग्रता दिलाए ।

तर, खेलको ९० औं मिनेटमा मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए । मेस्सीको यो ला लिगामा १३ औ गोल हो । खेलको इन्जुरी समयमा कोस्टा जोर्डा दोहोरो पेहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भिल्लारियल अन्तिम समय १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि दुवै टोलीबाट गोल हुन् सकेन र खेल १ – १ को बराबरीमा सकियो ।
बराबरीपछि तेस्रो स्थानको बार्सिलोनाले १७ खेलबाट ३५ अंक जोडेको छ । र, बार्सिलोना शिर्ष स्थानको रियल मड्रीडभन्दा ५ अंकले पछि छ । एक खेल कम खेलेको रियल मड्रिडको ४० अंक छ ।  पाचौ स्थानको भिल्लाको ३० अंक छ ।
ला लिगा अन्तर्गत नै आइतबार राती भएको अर्को खेलमा सेल्टा डि भिगोले मालागालाई ३–१ तथा रियल बेटिसले लेगानेसलाई २–० ले पराजित गरेको छ । यस्तै एथ्लेटिको बिल्बाओ र एलाभेसले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Loading...

यसमा तपाईको प्रतिक्रिया