विश्वकप फुटबलमा अकल्पनीय परिवर्तन, अब ४८ राष्ट्रले खेल्न पाउने भय फुटबल विश्वकप

worldcupकाठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा अहिलेसम्मकै बढी ४८ राष्ट्र सहभागी हुने भएको छन् । विश्व फुटबल महासंघ (फिफा) ले मंगलबार विश्वकपमा ४८ राष्ट्र रहने प्रस्ताव पारित गरेसँगै अब विश्वकपमा ४८ टिमको सहभागिता रहने भएको हो ।

फिफा अध्यक्ष गियानी इन्फान्टिनोले गत कार्तिकमा विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका थिए । इन्फान्टिनोले गएको फेब्रुअरीमा फिफा अध्यक्ष बन्दा विश्वकपमा सहभागी हुने टिमको संख्या ४० पुर्याउने बताएका थिए । फिफाको मुख्यालय जुरिचमा मंगलबार बसेको फिफाको काउन्सिल बैठकले अध्यक्षको प्रस्ताव अनुमोदन गरेसंँगै  विश्वकपमा ४८ राष्ट्रले प्रतिस्प्रधा गर्ने भएको हो  ।

Loading...

यसमा तपाईको प्रतिक्रिया