“म्याच-फिक्सिंग” को आरोपमा आजीवन प्रतिबन्धमा परेका चार नेपाली फुटबलरको अपिल एएफसी द्वारा खारेज

“म्याच-फिक्सिंग” को आरोपमा आजीवन प्रतिबन्धमा परेका चार नेपाली फुटबलरको अपिल एएफसी द्वारा खारेज
९ भदौ, काठमाडौं । आजीवन प्रतिवन्धविरुद्ध नेपाली चार फुटबल खेलाडीले गरेको अपील खारेज भएको छ । एशियाली फुटबल महासंघ (एएफसी)को अपील कमिटीले चार खेलाडी र एक प्रशिक्षकको प्रतिवन्धविरुद्धको अपील खारेज गरेको हो । एएफसीले म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप राईसँगै प्रशिक्षक अन्जन केसीमाथि गत डिसेम्बरमा प्रतिवन्ध लगाएको थियो । त्यसविरुद्ध उनीहरुले गरेको अपीललाई अपील कमिटीले खारेज गरेको एएफसीले जनाएको छ ।...

नागावर्ल्डसँगको खेल बराबरीमा, थ्रीस्टार दोस्रो चरणनजिक

नागावर्ल्डसँगको खेल बराबरीमा, थ्रीस्टार दोस्रो चरणनजिक
काठमाडौं, भदौ ७ । एएफसी कप फुटबल छनोटको दोस्रो खेलमा क्याम्बोडियाको नागावर्ल्डसँग बराबरी खेलेसँगै नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लब दोस्रो चरणनजिक पुगेको छ । मंगलबार मंगोलियाको उलानबटारमा भएको खेल १–१ को बराबरीमा सकिएको हो । मध्यान्तरअघि नागावर्ल्डले गोल गर्दै १–० ले अग्रता लिएकामा थ्रीस्टारले ८५औं मिनेटमा मार्टिन्सको गोलबाट बराबरी गर्‍यो । गोलपछि भने नागावर्ल्डका गोलकिपरले रातोकार्ड खाएका थिए । यसअघि भएको पहिलो खेलमा थ्रीस्टारले घरेलु टिम इर्चिम...

आज थ्री–स्टार क्लबले क्याम्बोडियाको नागा वर्ल्डको सामना गर्दै

आज थ्री–स्टार क्लबले क्याम्बोडियाको नागा वर्ल्डको सामना गर्दै
काठमाडौं, भदौ ७ । एएफसी कप फुटबल छनोटअन्तर्गतको दोस्रो खेलमा आज नेपालको थ्री–स्टार क्लबले क्याम्बोडियाको नागा वर्ल्ड क्लबको सामना गर्नेछ । मंगोलियाको उलानबटारमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टीम ईर्चिम फुटबल क्लबलाई २–० ले हराएको थियो । आजको खेल जितेमा नेपाल समुह बीको बिजेता बन्दै दोस्रो चरणको छनोट अर्थात् प्ले अफ् चरणमा प्रवेश गर्नेछ । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका कमजोर फुटबल राष्ट्रलाई समेटेर एएफसी कप आयोजना...

नेइमारको दुई गोलपछि ब्राजिललाई फुटबलमा ऐतिहासिक स्वर्ण

नेइमारको दुई गोलपछि ब्राजिललाई फुटबलमा ऐतिहासिक स्वर्ण
 भदौ ५ कप्तान नेइमारले ब्राजिललाई ओलम्पिकमा ऐतिहासिक सफलता दिलाएका छन्। ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलको धुमिलो इतिहासलाई उनले ४५ हजार घरेलु दर्शकमाझ अन्तिम पेनाल्टीमा गोल गर्दै पखाले। नेइमारको प्रेरणामा ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा उत्रिँएको घरेलु टोलीले गत विश्वकपमा जर्मनीबाट पाएको ७–१ गोलको पराजयको बदला पनि लियो। दुई वर्षअघि यही मैदानमा जर्मनीले विश्वकपको सेमिफाइनलमा ब्राजिललाई लज्जास्पद रूपमा पराजित गरेको थियो। ५ पल्ट विश्वकप जितेको ब्राजिलले अहिलेसम्म कुनै ओलम्पिक स्वर्ण जितेको थिएन्। आइतबार बिहान नेपाली...

रियो ओलम्पिक: नेपालको अन्तिम आशा निशा रावल चिनियाँ खेलाडी संग २-० ले पराजित

रियो ओलम्पिक: नेपालको अन्तिम आशा निशा रावल चिनियाँ खेलाडी संग २-० ले पराजित
नेपालकी निशा रावल रियो ओलम्पिकमा २-० अंकले चिनियाँ खेलाडी सुयिन झिङसँग पराजित भएकी छिन्। रियोको कारिओका एरिना-३ मा शनिबार राति सम्पन्न खेलमा ६ फिट २ इन्च अग्ली झिङले पहिलो खेलमै निशालाई पराजित गरिन्। झिङले १ अंक स्कोरबाट ल्याएकी थिइन् भने अर्को अंक निशाले दोहोरो चेतावनी पाएपछि आफ्नो खातामा दर्ता गराउन सफल भइन्।...

रियो ओलम्पिक मा नेपालको आज अन्तिम अग्निपरीक्षा: निशा रावल आज साँझ ७ बजेर ४५ मिनेटमा खेल्ने

रियो ओलम्पिक मा नेपालको आज अन्तिम अग्निपरीक्षा: निशा रावल आज साँझ ७ बजेर ४५ मिनेटमा खेल्ने
नेपालले रियो ओलम्पिकमा आफ्नो अन्तिम खेल शनिबार साँझ ७ बजेर ४५ मिनेटमा खेल्दैछ। नेपाली महिला तेक्वान्दो खेलाडी निशा रावल ६७ केजी भन्दामाथिको तौल समूहमा चीनकी सुयिन झिङसँग भिड्दैछिन्। रियोस्थित कारिओका एरिना–३ मा उनले चिनियाँ प्रतिद्वन्द्वीलाई पराजित गरेको खण्डमा उनी नेपाली खेल इतिहासमा ओलम्पिकमा पहिलो खेल जित्ने खेलाडी बन्ने छिन्। तर, उनका लागि आजको खेल फलामको चिउरा चपाएसरह हुनेछ। किनभने उनकी प्रतिद्वन्द्वी २२ वर्षीया झिङ गत वर्ष दक्षिण कोरियाको...

थ्रीस्टार क्लब नेपाल: मंगोलियामा, आइतबार एर्चिमसँग भिड्ने

थ्रीस्टार क्लब नेपाल: मंगोलियामा, आइतबार एर्चिमसँग भिड्ने
एएफसी कपको प्लेअफ छनोट खेलका लागि मंगोलिया आइपुगेको थ्रीस्टार क्लबले बिहीबारदेखि अभ्यास थालेको छ। आइतबारदेखि सुरु हुने प्लेअफ खेल्न थ्रीस्टार बुधबार मंगोलिया पुगेको हो। 'हामी बुधबार मात्र उलानबटार आइपुग्यौं,' टिम म्यानेजर कृष्ण अवालेले भने, 'सबै खेलाडी निरन्तर विमान यात्राका कारण थाकेकाले बिहीबारबाट मात्र अभ्यास सुरु गर्‍यौँ।' थ्रीस्टारले बिहीबार मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा अभ्यास गरेको मुख्य प्रशिक्षक मेघराज केसीले जानकारी दिए।'हामीले ग्राउण्ड फिलिङका लागि हल्का अभ्यास गराएका हौँ,' मुख्य प्रशिक्षक केसीले बताए। ललितपुरको रैथाने क्लब...

रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो अब चोटमुक्त, अभ्यासका लागि उत्रिय मैदानमा

रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो अब चोटमुक्त, अभ्यासका लागि उत्रिय मैदानमा
१९ अगस्ट, मड्रिडः रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोका फ्यानहरुलाई एउटा खुशीको खबर छ। त्यो हो, चोटग्रस्त भएर आराम गरिरहेका रोनाल्डो अभ्यासमा फर्किएका छन्। फ्रान्समा भएको युरोकप २०१६ को उपाधि पोर्चुगलले जित्दा खेलको २५ औं मिनेटमै चोटग्रस्त भएर मैदानबाट बाहिरिएका रियल मड्रिडका स्ट्राइकर रोनाल्डो पहिलो पटक बिहीबार अभ्यासका लागि मैदानमा उपस्थित भएका हुन्। रोनाल्डोको रियल मड्रिडले ला लिगामा पहिलो खेल आइतबार रियल सोसिडाडविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ। तर, त्यो खेलमा भने रोनाल्डो मैदान भने उत्रने छैनन्।...