अध्यक्ष रामप्रसाद खनालको कार्यशैलीप्रति असन्तुष्टि देखाउँदै अन्तराष्ट्रिय कलाकार मञ्च विभाजित

काठमाण्डौ – अमेरिका केन्द्र बनाई संचालन भएको अन्तराष्ट्रिय कलाकार मञ्च विभाजन भएको छ। विदेशमा रहेका कलाकारहरुलाई समेट्ने उदेश्यले गठन भएको मञ्चको कार्यशैली प्रति असन्तुष्ट जनाउदै नयां मञ्च गठन गरे पछि विभाजन भएको हो।

युरोपमा रहेका कलाकारहरुको समहुले पुरानो मञ्चको आधिकारीता माथी प्रश्न चिन्ह उठाउँदै अध्यक्षको कार्यशैली एकलौटी भएको आरोप लगाएर कलाकार मंच बिभाजित भएको बताएको छ। यस अघि अमेरीकावाट संचालित अन्तराष्ट्रिय कलाकार मञ्चमा उनिहरुको आवद्दता रहदै आएको थियो। अन्तराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनालको कार्यशैलीप्रति असन्तुष्टि देखाउँदै युरोपमा रहेका कलाकार समुहले ‘नयां मञ्चको गठन गरेको’ विज्ञप्ती जारी गरेको छ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोप महाशाखा र शाखाका रुपमा संचालित संस्थाले नौ बर्ष यता साधारण सभा समेत गरेको छैन। विज्ञप्तीमा भनिएको छ ‘केन्द्रिय अध्यक्षवाट मनपरी ढंगले पदाधिकारी चयन गर्ने, हटाउने, कारवाही गर्ने काम भयो त्यस कारण वाध्य भएर सबै कलाकारको सहयोगमा नयां मञ्च गठन गरिएको हो।’

नौ वर्ष अगाडि विश्वरभ छरिएर रहेका नेपाली कलाकारहरुलाई एउटै सुत्रमा वाध्ने अभिप्रायले अमेरीकामा केन्द्र रहने गरी रामप्रसाद खनालको अध्यक्षतामा अन्तराष्ट्रिय कलाकार मञ्च गठन गरिएको थियो। मञ्चका कृयाकलापहरु पारदर्शी नभएको, कार्यसमितीका अन्य सदस्यहरु सल्लाह नगरी मनपर्दी ढंगले राजनीतिक तवरवाट नियर्णहरु हुने गरेको आरोप लगाउँदै नयांमञ्च घोषणा गरिएको महासचिव लक्ष्मण जोशी द्दारा जारी हस्ताक्षरीत विज्ञप्तीमा जनाइएको छ। सेतोपाटि बाट 

Loading...

यसमा तपाईको प्रतिक्रिया