अमेरिकामा नेपथ्यको गैरकानुनी काम: चर्चित ब्याण्ड नेपथ्यले आर्थिक प्रलोभनमा मिच्यो कानुन, अमेरिकी अदालतमा मुद्दा दायर!

गत महिना सेप्टेम्बर २४ तारिक का दिन अमेरिकाबासि नेपालीलाई मनोरंजन दिन न्युयोर्कको स्थानीय आयोजक वर्ल्ड फेसन परेड को निमंत्रणामा अमेरिका पुगेको नेपाल कै चर्चित ब्याण्ड ‘नेपथ्य’ अमेरिकी कानुन बाहिर गयर मनपरी गर्दै फर्किय पछी अमेरिकी कानुनि दायरामा फस्ने पक्का-पक्कि भएको छ ।amrit-gurung-nepathya

आयोजक टिम मेम्बरले जुमएनपी.कम लाइ बताए अनुसार कार्यक्रम अघि कलाकारले दर्शक निमन्त्रणा भिडियो क्लिप समेत नदिनु, आयोजक लाइ तल्लो दर्जा मा उत्रिएर गालि-गलौज गर्नु, अनाबश्यक डिमाण्ड एकपछि अर्को थप्दै जानु नेपथ्य ब्यान्डको अमेरिकामा पहिलो गल्ति थियो । त्यसका बाबुजुद महँगो हल, नेपथ्य ब्यान्डको चर्को आर्थिक डिमाण्ड को भार खेप्दै अघि बढेको आयोजकलाई नै पाखा लगाउदै कार्यक्रम स्थलमा नेपथ्य कै ब्यबस्थापक हरुले आफु नै आयोजक भएको भन्दै दर्शक हरु बिचमा तनाब पैदा गराउदै हिड्नु नेपथ्य ब्यान्डको अर्को अशोभनीय कार्य रहेको थियो । अर्को गल्ति अमेरिकी कानुन भन्दा बाहिर गयर नेपथ्य ले न्युयोर्क बाहिर सन्-फ्रान्सिस्को मा अर्को तेश्रो संस्थाको आयोजनामा आर्थिक प्रलोभनमा पनि कार्यक्रम गर्न जानु रहेको थियो । यी सबै बिबादका बीच कार्यक्रम सकिए लगत्तै आयोजक सस्था वर्ल्ड फेसन परेड न्युयोर्क ले एक बिज्ञप्ति जारि गर्दै नेपथ्य ब्याण्ड र नेपथ्य ब्यान्डको अमेरिका ब्यबस्थापक ‘नेपालय’ को माफिया प्रबृत्ति को भण्डाफोर गरेर अमेरिकी कानुन बाहिर नजान नेपथ्य र सम्बद्द सस्थालाई सजग समेत गराएको थियो ।

nepathya-in-us
यस्तो थियो आयोजक को बिज्ञप्ति 

bigyapti-from-world-fashion

uscis-letter

के छ अमेरिकी कानुनमा?

आयोजक वर्ल्ड फेसन परेड ले ‘पि३’ भिषा आबेदन गरि आफ्नो स्पोन्सरसीपमा नेपथ्यलाई अमेरिका लागेको थियो । उक्त ‘पि३’ भिषाको अमेरिकी नियम अनुसार अमेरिका रहुन्जेल नेपथ्य का सम्पूर्ण मेम्बरको कुनैपनि क्रियाकलापको जिम्मेवार आयोजक हुनुपर्ने, भिषा आबेदन गर्दा भिषा आवेदक सस्थाले आयोजना गरेको कार्यक्रम र स्थान भन्दा बाहिर नेपथ्यले अर्को कुनै कार्यक्रम गर्न नपाउने उल्लेख रहेको छ । यदि यी नियम बाहिर कोहि जान्छ भने उसले अमेरिकी कानुन बमोजिम सजाय को भागीदार हुनु पर्दछ सोहि प्रक्रिया अनुसार नेपथ्य अब अमेरिकी कानुन अनुसार उसको गलत आचरण र गैरकानुनी काम को सजाय को भागीदार हुनुपर्ने निश्चित प्राय भएको छ ।

यस्तो कानुनि प्रकिया र आयोजक संग गरिएको सम्झौता  प्रष्ट हुदाहुदै पनि नेपथ्यको ब्यबस्थापक सस्था नेपालय का ब्यबस्थापक अर्पण शर्मा ले आयोजक वोर्ल्ड फेसन परेडका सदस्य हरुलाई तल्लो स्तरमा झरेर धम्कीको भाषामा “तैले सकेको गर्नु हामि सन्-फ्रान्सिस्को मा कार्क्रम गर्न हिड्यौ” भन्दै आर्थिक प्रलोभनमा गैरकानुनी रुपमा स्पोन्सर को सहमति बेगर बाहिर कार्यक्रम गर्दै हिड्ने ‘नेपालय’ को माफिया प्रवृत्तिको आयोजक वोर्ल्ड फेसन परेड ले घोर निन्दा समेत ब्यक्त गरेको छ ।

कानुन र आयोजक संग को सम्झौता बिपरित नेपथ्यले सन्-फ्रान्सिस्कोमा कार्यक्रम गर्ने मनसाय नेपालय ले पहिले देखि नै लिएकोले पनि न्युयोर्कमा वोर्ल्ड फेसन परेडको आयोजनाको कार्यक्रम स्थगित भएको लगायतका अनाबश्यक टिका-टिप्पणी कार्यक्रम अगाडी नै चलायर आयोजकलाई ठुलो आर्थिक भार थोपरेको पनि आयोजक संग सम्बद्द एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा हामीलाई बताएका छन् ।

के नेपथ्य ब्याण्ड अब फस्ने नै हो त?
अबश्य पनि -नेपथ्यले स्पोन्सर संगको सहमति र भिषा सम्बन्धि कानुन तोडेर स्प्रष्ट कानुनि पाटो औल्याउदै सजग गराउदा समेत बेवास्था गर्दै सन्-फ्रान्सिस्कोमा अक्टोबर १ तारिकका दिन कार्यक्रम गरेर नेपाल गएको छ । हामीलाई परेको आर्थिक भार, नेपथ्य र उसको ब्यबस्थापक नेपालयको गैरकानुनी क्रियाकलाप बिरुद्द हामीले अमेरिकी अदालतमा मुद्दा दायर गरिसकेका छौ, अब जे गर्छ अमेरिकाको कानुनले गर्छ- आयोजकले बताए ।

 

Loading...

यसमा तपाईको प्रतिक्रिया